विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ लाख ७७ हजार नाघेको छ । संक्रमणबाट ४ लाख ५६ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ ।
सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २२ लाख ६२ हजार नाघेको छ । त्यहाँ १ लाख २० हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी छ । त्यहाँ संक्रमितको संख्या ९ लाख ८३ हजार नाघेको छ भने ४७ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
रुसमा संक्रमितको संख्या ५ लाख ६१ हजार नाघेको छ भने ७ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । एसियाली मुलुक भारतमा संक्रमितको संख्या तीन लाख ६८ हजार नाघेको छ । त्यहाँ १२ हजार ३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ४२ हजार १ सय, इटलीमा ३४ हजार ४ सय, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २९ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या ४४ लाख नाघेको छ ।
प्रतिक्रिया