देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजपालाई ब्युँताउने कसरत

देशान्तर

व्यवहार र गतिविधिबाट प्रस्ट हुन्छ, राजपा नेताद्वय अनिलकुमार झा र राजकिशोर यादव पार्टी एकीकरणप्रति सन्तुष्ट छैनन् । तर, औपचारिक रूपमा उनीहरुले आफ्नो असन्तुष्टिका कारण सार्वजनिक गरेका पनि छैनन् ।

समाजवादी र राजापबीच वैशाख ६ गते भएको एकीकरण घोषणा र जेठ २५ मा निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा यी दुवै नेता सहभागी भएनन् । निर्वाचन आयोगमा बुझाइएको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिको सूचीमा भने दुवैको नाम छ ।

आयोगमा बुझाउने दस्तावेजमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका सदस्यले नागरिकताको प्रतिलिपि बुझाउनुका साथै हस्ताक्षर गर्नुपर्ने हुन्छ । ४९ जनाले प्रक्रिया पूरा गर्दा झा र यादवले न नागरिकताको फोटोकपी बुझाएका छन् न हस्ताक्षर नै गरेका छन् । बरु, उनीहरू केन्द्रीय कार्यकारिणी समितिमा नपरेका कारण असन्तुष्ट बनेकाहरूलाई एकीकृत गरेर राजपालाई ब्युँताउने, नसके पार्टीभित्र ‘बार्गेनिङ पावर’ बढाउने कसरतमा देखिन्छन् । कान्तिपुरमा खबर छ।