देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका-४ का ४६ बर्षीय पुरूषको आज साँझ मृत्यु भएको हो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार भइरहेका ती पुरुषको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि मंगलबार नै उपचारका लागि काठमाडौँ लैजाने तयारी भएपनि एयर एम्बुलेन्स पाइएको थिएन ।

यसअघि उनको धनगढीकै नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो । योसंगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ ।