काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा प्रा डा दिव्यासिंह शाह नियुक्त भएकी छन् ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको बैठकले तीन जनाको नामबाट शाहको नाम टुङ्गो लगाएको हो । डिन नियुक्तिको लागि प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय कमिटीले डा. प्रदीप वैद्य, डा. दिव्यासिंह शाह र डा. उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
शाह प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत हुन् । आईओएमका तत्कालीन डिन प्रा। डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।
प्रतिक्रिया