देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्सामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

पर्सा । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा वीरगन्ज वडा नम्बर ३ र ४ का २ जना पुरूष रहेका छन् ।

भारतबाट दुवै जेठ २३ गते रक्सौल हुँदै वीरगन्ज आएका थिए । दुवै जनालाई वीरगन्जको आदर्शनगरमा रहेको कन्ट्री इन होटलमा राखिएको छ । क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा. उपाध्यायले जानकारी दिए ।