काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई विद्यालयललाई महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ।
बैंकका भैरहवा र नारायणगढ शाखाले क्रमश. रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका– ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयलाई एक लाख ५० हजार रुपैयाँका दरले तीन लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेका हुन्।
बिहीबार भानु माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए।
प्रतिक्रिया