देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई दिन भेन्टिलेटरमा बस्नुपरेका युवा निको भएर फर्किए घर

देशान्तर

काठमाडौं । कोरोना संक्रमणका कारण आईसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेका कपिलवस्तुका एक व्यक्ति शुक्रबार डिस्चार्ज भएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भइरहेका कपिलवस्तुको कपिलवस्तु नगरपालिका-१२ का २२ वर्षे युवा डिस्चार्ज भएका हुन् ।

जटिल अवस्थामा उपचाररत बिरामीमध्ये निको भएका उनी देशकै पहिलो बिरामी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले बताए । उनलाई जेठ १४ मा अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । उनी मधुमेहका समेत बिरामी थिए । अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र मधुमेहसमेत स्थिर भएकाले डिस्चार्ज गरिएको अस्पतालका खनालले बताए ।

खनालका अनुसार अस्पतालमा ल्याएपछि उनलाई २ दिन भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि मात्र आईसीयूमा राखिएको थियो । जटिल अवस्था रहेकाले उनको उपचारमा विशेषज्ञसहित ५ जना स्वास्थ्यकर्मी खटेका थिए ।