काठमाडाैँ । सुनको मूल्य निरन्तर बढेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ पुगेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन एक हजार रुपैयाँले वृद्धि हुँदै ८९ हजार ६ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला चाँदी ९ सय ३५ रुपैयाँ कारोबार भएकोमा बिहीबार ९ सय ५० रुपैयाँ पुगेको हो।
प्रतिक्रिया