काठमाडौं । विज्ञापन व्यवसायीहरुको छाता संस्था नेपाल विज्ञापन संघ रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
संस्थाको ३० औं वार्षिकोत्सबको अबसर पारेर जेठ ३० गते रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
आनका कोषाध्यक्ष तथा रक्दान कार्यक्रमका संयोजक पिताम्बर पोखरेल विजयले कोरोना भाइरसको महामारीका कारण सामाजिक दूरी कायम राखी आनकै सचिवालयमा विहान १० बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
प्रतिक्रिया