देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लक्षणविहीन संक्रमितबाट कोरोना भाइरस सर्ने सम्भावना कम : डब्लुएचओ

देशान्तर

विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ ले लक्षण नै नदेखिएका कोरोना पुष्टि भएका व्यक्तिबाट अर्काे ब्यक्तिमा संक्रमण सरेको घटना दुर्लभ भएको बताएको छ । डब्लुएचओको आपतकालीन रोग तथा जुनोसिस युनिटकी प्रमुख डाक्टर मारिया भान क्रेकोभले लक्षणविहीन बिरामीबाट अर्काे व्यक्तिमा भाइरस नसर्ने देखिएको बताएकी हुन् ।

संयुक्त राष्ट्रसंघको ब्रिफिङमा मारियाले लक्षणविहीन संक्रमित भाइरस सर्नुको प्रमुख माध्यम र कारण नरहेको अध्ययनमा देखिएको जानकारी दिएकी हुन् । संक्रमण फैलिएका मुलुकका लक्षण बिहिन विरामीहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा उनीहरुवाट संक्रमण सरेको घटना एकदमै दुर्लभ पाइएको उनले बताइन् ।

लक्षण विहीन संक्रमितबाट दोस्रो व्यक्तिमा भाइरस सर्छ भन्ने प्रमाणका लागि अझ धेरै अनुसन्धानको खाँचो देखिएको उनको भनाइ छ । विशेषगरी युवा र स्वस्थ व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिएपनि उसमा हत्तपत्त लक्षण देखिने गरेको छैन ।