देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग सम्पूर्ण सम्पर्क विच्छेद गर्ने घोषणा

देशान्तर

उत्तर कोरियाले दक्षिण कोरियासँगको सम्पूर्ण सम्पर्क विच्छेद गर्ने घोषणा गरेको छ । दक्षिण कोरियालाई ‘शत्रु’ का रुपमा परिभाषित गर्दै प्योङयाङले पहिलो चरणमा सञ्चार सम्पर्क बन्द गरिएको जनाएको हो ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले दुई देशका नेताबिच सम्पर्क स्थापित गर्ने हटलाइनसहित सबै अन्तर–कोरिया सञ्चार सम्पर्क बन्द गर्ने घोषणा गरिएको जानकारी सार्वजनिक गरेको हो ।

उत्तर कोरियाको सीमावर्ती शहर केइसङ्गमा रहेको सम्पर्क कार्यालय पनि आजवाट बन्द हुने भएको छ । दुई कोरियाबिच सन् २०१८ मा भएको वार्तापछि तनाव कम गर्ने प्रयास स्वरुप कार्यालय स्थापना गरिएको थियो ।

कोरोना संक्रमणका कारण कार्यालय भने यसअघि नै अस्थायी रुपमा बन्द रहेको छ । सो कार्यालयवाट दुबै देशबीच दिनमा दुईपटक फोन सम्पर्क हुँदै आएको थियो ।

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनकी बहिनी किम यो जोङले गत सातामात्रै दक्षिण कोरियाले उत्तरमा पर्चाहरू पठाउने समूहलाई नरोकेमा सम्पर्क कार्यालय बन्द गर्ने धम्की दिएकी थिइन् । दुई कोरियाबीच केही समयदेखि वार्ता हुन सकेको छैन । दक्षिण कोरियाले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि दुई कोरियाको सम्वन्ध चिसिदै गएको छ ।