देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुकुम घटना छानविन गर्न देवेन्द्र पाैडेलकाे नेतृत्वमा संसदीय विषेश समिति गठन

देशान्तर

रुकुमको चौरजहारीमा भएको घटनाको छानविन गर्न ढ सदस्यीय विषेश समिति गठन भएको छ ।

संघीय संसद प्रतिनिधि सभाको सोमबारको बैठकले नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वपमा ९ सदस्यीय समिति गठन गरेको हो ।

समितिले ३० दिन भित्र अध्ययन प्रतिवेदन बुझाउने समयावधी पाएको छ । सभामुख अग्नि सापकाेटाले समिति गठनकाे घाेषणा गरेका हुन् ।

सभामुखसँगको समन्वयमा आफ्नो कार्यविधि तयार पारेर लागु गर्ने अधिकार पाएको समितिमा निम्न सदस्यहरु रहेका छन् ।

चौरजाहारी नपा सोती घटना छानविन विषेश समिति:

देवेन्द्र पौडेल -संयोजक

एकवाल मिया- सदस्य

दुर्गा पौगेल- सदस्य

पार्वती कुमारी विसंखे- सदस्य

प्रकाश रसाईली – सदस्य

विमला विक – सदस्य

महेश गहतराज- सदस्य

मिनबहादुर विक- सदस्य

रामसहायप्रसाद यादव- सदस्य