देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुशील कुँवरको अभिनयमा बालविवाहविरुद्ध सचेतनामुलक गीत सार्वजनिक [भिडियोसहित]

देशान्तर

काठमाडौं । कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको मौलिक देउडा गीत ‘तेरो मेरो…’को म्युजिक भिडियो सार्वजनिक भएको छ । देउडा गायिका रेखा जोशी र हिक्मत अबिरलको स्वरमा रहेको म्युजिक भिडियो शुक्रबार युटुवबाट सार्वजनिक गरिएको हो ।

ध्रुब विश्कोको शब्द सृजनामा बनेको गीतमा सुशीलजङ्ग कुँवर, विवेकनाथ कुँवर, आरोही कर्मा र सुस्मिता कुँवरको अभिनय रहेको छ । राग भिजनको प्रस्तुतिमा बनेको यो गीतमा योगेश काजील्व संगीत भरेका छन् । गीतमा जगत तिरुवाले र्याप स्वर भरेका छन् ।

जिबी आग्रीको निर्देशन रहेको म्युजिक भिडियोलाई दया शंकर चौधरीले छायाकन गरेका हुन् । गीतमा सुदूर तथा मध्यपश्चिमको बाल बिबाहलाई चित्रण गरिएको छ ।

https://www.youtube.com/watch?v=luTSNSYZdgo&feature=emb_logo