अमेरिकाले चीनसँगको हवाइ यात्रामा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । दुई देशबीच तनाव बढ्दै गएको समयमा जुन १६ देखि हवाई यात्रामा रोक लगाउने चेतावनी अमेरिकाले दिएको हो ।
उसले एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदन एयरलाइन्स र हेनान् एयरलाइन्सलाई अमेरिकामा उडानमा प्रतिबन्धको तयारी गरेको हो । चीनको ब्यवहारका कारण हवाइ उडानमा प्रतिवन्ध लगाउनुपरेको अमेरिकाको भनाइ छ ।
अमेरिकाको यो निर्णयले सन् १९८० मा दुई देशबीच भएको हवाइ सम्झौता उल्लंघन हुनेछ । विश्व स्वास्थ्य संगठनको भुमिका र हङकङको स्वायत्तताको विषयमा दुई मुलुकबीच विवाद हुँदै आएको छ ।
प्रतिक्रिया