देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कविता : शिकारी 

देशान्तर

म सीधा कुरामा यही भन्छु खास
लुटी राज्य आफ्नै जुटाऊ विलास
छ तिम्रै यहाँ नित्य खाँडाे बलेकाे
कले देख्छ जन्ता चितामा जलेकाे ?

भयाे देश बिर्ता र स्वामी तिमी नै
तिमी मात्र धर्ता र भाेक्ता तिमी नै
अरू दास भाेकै बसे हुन्छ नङ्गा
सदा हन्तकाली तिमी स्वच्छ गङ्गा ।।

कुनै ओैषधीमा र ओम्नी -जहाज
कुनै प्रेस- जग्गातिरै दृष्टि गाड
निजी ऐसआरामका निम्ति काेष
सधैँ आफु -आफ्नै बफादार पाेष ।

अरे यार ! तिम्राे भुँडी हाे कि घ्याम्पाे
नभर्ने कहिल्ल्यै लुँड्याएर ट्याम्काे
तँ बाेल्दै गरेस् जे म हट्दैन पश्चात्
झुक्याे लाजले टाउकाे छैन विस्मात् ।।

यहाँ छैन पर्याप्तकाे स्वास्थ्यसेवा
न ता राेजगारी न ता अन्न मेवा
मरेकाे छ जन्ता दुई गाँस खान
तिमी मस्त छाै राज्यकै लास खान ।।

असी लाखकाे खेल -व्यायामशाला
बन्याे आपदामा निकाे छैन चाला
कसैकाे छ कार्पेट फेर्ने रवाफ
कराेडाैँ रुपैयाँ बनाएर खाक । ।

यिनै चढ्नुपर्ने महङ्गा विमान
स्वयं बढ्नुपर्ने बनायाै विधान
भयाे देश कङ्गाल जन्ता भिखारी
बन्याै हाडछाला चिथाेर्ने शिकारी ।।

( छन्द : भुजङ्गप्रयात )