देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वभर कोरोना संक्रमितको संख्या ६४ लाख नाघ्यो

देशान्तर

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख नाघेको छ ।

संक्रमणबाट ३ लाख ७८ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या १८ लाख ५९ हजार नाघेको छ । त्यहाँ १ लाख ६ हजार ९ सयभन्दा बढीकाे मृत्यु भइसकेकाे छ ।

अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी रहेको छ । त्यहाँ संक्रमितको संख्या ५ लाख २९ हजार नाघेको छ भने ३० हजारभन्दा बढीकाे मृत्यु भएकाे छ ।

रुसमा संक्रमितको संख्या चार लाख १४ हजार नाघेको छ भने ४ हजार ८ सयभन्दा बढीकाे निधन भएकाे छ ।

भारतमा संक्रमितको संख्या १ लाख ९४ हजार नाघेको छ भने ५ हजार ५ सयभन्दा बढीको मृत्यु भैसकेको छ । पाकिस्तानमा संक्रमितको संख्या ७२ हजार ४ सय नाघेको छ । त्यहाँ १ हजार ५ सय ४३ जनाकाे मृत्यु भएकाे छ ।

बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ३८ हजार ४ सय, इटलीमा ३३ हजार ४ सय, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २८ हजार ८ सयभन्दा बढीकाे मृत्यु भएकाे छ । विश्वभर २८ लाख ७१ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।