देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउनकाे माेडालिटी फेर्ने, तर कसरी?

देशान्तर

सरकारले लकडाउनको मोडालिटी फेर्नेगरी तयारी शुरु गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, मोडालिटी फेर्नेबारे छलफल शुरु भएको छ । यसका लागि कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल छलफलमा खटिएका छन् ।

मंगलबार उद्योगी व्यावसायीहरुसँग उपप्रधानमन्त्री पोखरेलले छलफल गरेका छन् । तर, कसरी गर्ने भन्नेबारे टुंगो नलागेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार, लकडाउन हटाउदा जोखिमको त्रास रहेको तर, कायमै राख्दा कहिलेसम्म भन्ने प्रश्न उठेको छ । त्यसैले यसको मोडालिटी परिवर्तन गर्नेगरी सरकारले तयारी गरेको छ ।

उच्च सरकारी स्रोतका अनुसार, बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सम्बन्धित विषयका विज्ञहरुसँग छलफल गर्दैछन् । दिउँसो चार बजे विज्ञहरुसँग छलफल राखिएको छ । करीब २५ जना विज्ञहरुको सल्लाहअनुसार, लकडाउनको मोडालिटीबारे निर्णय लिने तयारी भएको छ ।

लगातारको लकडाउनले महामारी रोकथाममा सहयोग पुगे पनि जनजीवन नराम्रोगरी प्रभावित बनेको सरकारी मूल्याङ्कन छ । सरकारले कोरोना रोकथाम गर्न गएको चैत ११ गते देखि देशब्यापी लकडाउन गर्दै आएको छ । लामो समय गरिएको लकडाउनबारे निर्णय फेर्न दबाव बढ्दै गएको छ । “अहिलेको असहज अवस्था बदल्दै महामारीको जोखिमबाट समेत जोगिने विधिको खोजी भइरहेको छ”, ती मन्त्रालय भने ।