देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा सातौँ दिन पनि कर्फ्यू तोडेर प्रदर्शन जारी

देशान्तर

अमेरिकामा सातौँ दिन पनि कर्फ्यू तोडेर प्रदर्शन जारी छ । मिनेसोटाको मिनियापोलसमा प्रहरी हिरासतमै निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्यु भएपछि एक सातादेखि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेदको विरोधमा प्रदर्शन भइरहेको छ ।

फ्लोइडको हत्याको विरोधमा अमेरिकाका मुख्य शहरमा प्रदर्शन जारी छ । प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि धेरै शहरमा कर्फ्यू लगाइएको छ । तर कर्फ्यू तोडेर प्रदर्शन जारी रहेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न शहरमा जारी दंगा नियन्त्रणका लागि सेना परिचालन गर्न सक्ने चेतावनि दिएका छन् । तोडफोड आगजनी र विभिन्न पसल तथा मार्टहरुमा चोरी र लुटपाट बढ्न थालेपछि राष्ट्रपति ट्रम्पले स्थिति नियन्त्रणका लागि कठोर कदम चाल्ने बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले गभर्नरहरुको हिंसा नियन्त्रणमा पहल नगरेको भन्दै आलोचनासमेत गरेका छन् । गभर्नरहरुले भने राष्ट्रपति ट्रम्पको आरोपको खण्डन गरेका छन् ।