देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल फर्कनेका लागि २६ बुँदे कार्ययोजना

देशान्तर

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश फर्किनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना सार्वजनिक गरे लगत्तै विदेशस्थित नेपाली दूतावासहरुले जरुरी सूचना सार्वजनिक गर्दै स्वदेश फिर्ती सहजीकरण शुरु गरेका छन् ।

नेपाल सरकारले समस्यामा परेका नेपालीहरुलाई फिर्ता ल्याउने निर्णय नगर्दै समस्यामा रहेका नेपालीलाई अनलाइन फारम भर्ने व्यवस्था गरेका दूतावासले नेपाल फर्किँदा चाहिने सबै विवरण खुलाएर फारम भर्न सूचना जारी गरेका छन् । साउदी अरबस्थित नेपाली दूतावासले बहिर्गमन भिसा लागेका, करार अवधि समाप्त भएका, रोगजारी गुमाएका, बहिर्गमन भिसा लागेका महिला, गर्भवती, पारिवारिक र भिजिट भिसामा गएकाहरु, अकामा नवीकरण नगरिएका वा नबनाइएका, आफन्तको मृत्यु भएका, कोरोनाबाहेक अन्य विरामीहरु, रोजगारीसहित बिदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले फारम भरेको बताएको छ ।

नेपाल सरकारले कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा रहेकाहरुलाई मात्र स्वदेश फर्काउने भन्दै दूतवासले बहिर्गमन भिसा र राहदानीको प्रति, विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्क्रिप्सन, जहाजमा उड्न कठिनाइ हुने बिरामीले त्यसबारेमा समेत खुलाउनुपर्ने जनाएको छ । त्यस्तै आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल फर्किनुपर्ने भए कारणसहितको स्वघोषणा, विद्ययार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात देखाउनुपर्ने दूतावासले जनाएको छ ।

नेपाली दूतावासले साउदी अरबले त्यहाँको आभा खमीस, नजरान, जिजान, आभा, बाहा,  बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुकलगायतका स्थानमा कार्यरत नेपालीले पठाएको फारम नेपाली महावाणिज्य दूतावास, जेद्धामा पठाइएको भन्दै त्यहीँ  सम्पर्क गर्न आग्रह गरेको छ ।