देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आधिकारिक ट्रेड युनियनमा लज्जाहिनता नै सौर्न्दर्य !

देशान्तर

नेपाल सरकारको आधिकारिक ट्रेड युनियनको निर्वाचित अहंकारी ,लज्जाहिन, कर्तव्यहिन र अधिकारको दुरुपयोग गर्ने नेतृत्वले आज आधिकारिक युनियनलाई कोमामा धकेलेको छ । निर्वाचन त परैको कुरा आधिकारिक युनियनलाई कोमाबाट ब्युत्याउँनका लागि ४ बर्ष सकिएको म्याद थप गर्न सकेको छैन । मिति २०७३/०२/१९ गते निर्वाचनमा भाग लिने झन्डै ५४ हजार मतदाताबीच भएको निर्वाचनले नेपालको इतिहासमा निजामती क्षेत्रमा आधिकारिक ट्रेड युनियनको गठन गरेको थियो । हाल त्यस आधिकारिक ट्रेड युनियनको म्याद ४ बर्ष कानुनन समाप्त भएको छ । आधिकारिक ट्रेड युनियनको आबधिक निर्वाचन यहि जेठ १९ वा यसैको वरिपरि गर्नका लागि सामान्य निर्वाचनको सिद्धान्तत: पनि ६ महिना अगाडी नै चुनाब घोषणा हुनु पर्नेमा त्यसो नगरी वा न त कानुनन एक बर्ष म्याद थप गर्न पाउने अधिकारको नै प्रयोग न सरकारले गर्‍यो , न आधिकारिक ट्रेड युनियनको नेतृत्व सम्हालेकाहरुले गरे । निर्वाचन भएको ४ बर्षसम्म आधिकारिक ट्रेड युनियनको सदस्यता बितरण गर्न गराउन सकेन । अहंकारको बिष पिएर इतिहासलाई बिगार्न खोज्नेहरु शक्तिको उन्मादमा भुल गर्दैछन्।

निजामती सेवाको कानुन बमोजिम निजामती सेवालाई समय सापेक्ष सुधार गरि जनमुखी बनाउन, कर्मचारीको मनोबल अभिवृद्धि गर्न र असल कार्य संस्कृतिको बिकास गर्न आपसी छलफल बिचार , बिमर्श गरि सुझाब दिन सामान्य मन्त्री , मुख्य सचिव, सामान्य सचिव ,श्रम सचिव , र आधिकारिक ट्रेड युनियनका अध्यक्ष ,महासचिव मिलेर बैठक बसी कहिलै सुझाब दिईएन । यतिसम्म कि यो किसिमको बैठक नै राखिएन। सामाजिक संवाद र सामुहिक सौदावाजी जस्तो गरिमामय बिषयले भ्रष्टाचार नियन्त्रणमा कार्य गर्नु पर्नेमा कर्तव्य बिर्सेर आधिकारिक ट्रेड युनियनको नेतृत्वले अधिकारको चरम दुरुपयोग गरे। आधिकारिक ट्रेड युनियनलाई लगाम लाउने श्रम बिभाग मौन बस्यो, मन्त्रालय निदायो।

सरकार र आधिकारिक युनियनमा नेतृत्व गर्नेहरुले श्रम बिभागसंग निर्वाचन गर्ने बारेमा कहि कतै समयमा छलफल गरेनन। सायद आधिकारिक ट्रेड युनियन र सरकारलाई मंसिरतिरनै कोभिड आउँछ र लकडाउन हुन्छ अनि निर्वाचन गर्न पर्दैन भन्ने निश्चितरूपमा थाहा थियो होला सायद र निर्वाचन घोषणा गरेनन । आधिकारिक ट्रेड युनियनले आफूलाइ अनुशासनमा राख्न किसिमको बिनियम त बनाएन नै , सरकारबाट प्राप्त नागरिक करको पैसा कोष संचालन निर्देशिका पनि बनाएन। सरकारबाट प्राप्त रकम आफूखुस गरेको बिषय सायद अडिट्मा मिलाउँदै होलान । आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न युनियनहरु र श्रम तथा रोजगार प्रबर्द्धन बिभाग वा श्रम कार्यालयको आपसी सहमति गर्नु गराउन पर्नेमा लकडाउन हुँनु अगाडि कहिलै यो बिषयमा छलफल सल्लाह गरेनन र भएन पनि । नेपाल निजामती कर्मचारी युनियन संघ केन्द्रीय कार्यसमितिले समयमा नै निर्वाचन सम्पन्न गर्न गराउन सरकार र आधिकारिक ट्रेड युनियनलाई गत ६ महिना अगाडिमा नै पत्र काटेको थियो ।

हाल भाइरस कोभिडले देश आक्रान्त भएको बेला श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, आधिकारिक ट्रेड युनियन र राष्ट्रिय स्तरका ट्रेड युनियनका प्रतिनिधिहरुबीच आधिकारिक ट्रेड युनियनको वर्तमान कार्यसमितिको कार्यकालका बारेमा बेला बितिसकेपछी बैठकको गैह्रकानुनी नाटक मञ्चन गरेको बुझियो ।

हिजो म बाठो थिएँ , त्यसैले संसार बदल्न चाहन्थे । आज म बुद्धिमान भएको छु भन्दै आधिकारिक ट्रेड युनियन र सरकारका प्रतिनिधिले आम कर्मचारी लकडाउनमा रहँदा अन्तिम दिन निष्कर्षबिहिन छलफलमा नागरिक करको बिल खर्च गरेको सुनिन्छ । देशमा नेतृत्व गर्नेहरु कोहि व्यापार मोहमा र कोहि ज्वाइँ मोहमा छन। समाजमा खराबीको बीउ रोप्नेहरु प्रसस्त छन । यसको प्रमाणको रुपमा देशमा प्री कोभिड , र आज During कोभिड र After कोभिडको असर बढ्दो छ । एक दिन समयले निर्मम र कठोर बनेर आज सरकार र आधिकारिक नेतृत्वले गरेको त्यो दुष्टतालाई बिचार गर्दै र दुष्ट कर्मको बदलामा सजाय गरेर नै छोड्छ ।समयमा निर्वाचन नगराउने र प्राप्त उपलब्धिलाई मेटाउने जुन गलत नियतिको भण्डाफोर निजामती सेवामा भएरै छाडछ । किनकी समयले सधै दुष्टलाई मात्रैसाथ दिदैन ।

जसरी जीवनको अनिवार्य सत्य मृत्यु हो त्यसरी नै आवधिक निर्वाचन आधिकारिक ट्रेड युनियन लगायत अन्य निर्वाचित संस्थाका लागि पनि निर्वाचन नै सत्य हो । जीवनको सौन्दर्यको एक हिस्सा जीवनको अन्त्य भए झैं निर्वाचित संस्थामा पनि आवधिक निर्वाचन नै सौर्न्दर्य हो । त्यसैले प्रकृतिलाई नै बदल्ने जस्तो अहंकारको बिष पिएर आवधिक निर्वाचन बिनाको संस्थामा बस्ने नेतृत्वले गरेको कार्यमा आम निजामती कर्मचारीले “दुधमा माखन छोपिएको” कुरा बुझेका छन । त्यसैले आम निजामतीले आफूलाई नेतृत्व गर्ने भन्ने आधिकारिकले ४ बर्षसम्म आफूलाई सदस्यतासम्म पनि नदिएको, झुटको खेतीबाट दिनलाई रात्री बनाएको, कर्तव्यबिमुख भएर सरकारको दलाल बनेको , बैचारिक रुपमा कर्मचारीलाई मानमर्दन गराएको कुरा भुल्ने छैनन । कोभिड संक्रमणबाट देशले त्राण र प्राण पाएछ र निजामती सेवामा पुन: प्रजातान्त्रिक वातावरण रहेछ भने यहाँहरुको दुष्टतालाई आम निजामतीले चिर्नेनै छन र अहंकारको भुलको स्वाद दिनेनैछन । अझै पनि बाधा अडकाउ फुकाउ गरेर आधिकारिक ट्रेड युनियनको निर्वाचनको बिकल्प छैन तसर्थ निर्वाचनको मिति घोषणा गर्न सम्बद्ध अन्य युनियनहरुलाई पनि नेतृत्वको आँखामा लागेको पट्टी खोल्न सहजता गर्ने बुद्धि पलाओस । अस्तु ।

लेखक दुर्गाप्रसाद फुयाल नेपाल निजामती कर्मचारी युनियन(संघ) केन्द्रीय कार्यसमितिका उपमहासचिव  हुन् ।