देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाबाट मृत्युहुनेको संख्या ३ लाख ७७ हजार बढी

देशान्तर

काठमाडौं । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघेको छ । ६३ लाख ६६ हजार बढी संक्रमित मध्ये लाख २९ लाख ३ हजार बढी उपचार पछि निको भएका छन् ।

सक्रमित मध्ये ५३ हजार ३ सय बढीको अवस्था अहिले पनि गम्भीर छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९ सय नाघेको छ ।
संक्रमितको संख्या १८ लाख ५८ हजार बढी छ । बेलायतमा २ लाख ७६ हजार संक्रमित मध्ये ३९ हजार बढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३३ हजार संक्रमित र ३३ हजार ४ बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ८ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८६ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ५ लाख २९ हजार बढी संक्रमित हुंदा करिब ३० हजार बढीको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ८३ हजार बढी संक्रमित र ८ हजार ६ सय बढी मृत्यु भएको छ । चीनमा ८३ हजार कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ छ ।

रसियामा ४ लाख १४ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार ८ सय नाघेको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार नाघ्दा ५ हजार ६ सय बढीको मृत्यु भएको छ ।

पाकिस्तानमा हालसम्म ७२ हजार ४ सय बढी संक्रमितमा करिब १ हजार ५ सयको मृत्यु भएको छ ।