देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ सय नाघ्यो

देशान्तर

काठमाडौं – नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गडहवा गाउँपालिका रुपन्देहीका ३ वर्षीया बालिका, ५४ वर्षीय पुरुष, मायादेवी गाउँपालिका कपिलवस्तुका ७ पुरुष (१९ देखि ४० वर्ष), निस्दी गाउँपालिका पाल्पाका २ पुरुष (१७ देखि ३६ वर्ष) र गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन् ।

नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । १३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितसंक्रमितको संख्या १८ सय ११ पुगेको छ ।

Image may contain: text