देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एशियाली विकास बैंकले कोरोनाविरुद्ध लड्न दियो ३० अर्बको ऋण सहयोग

देशान्तर

काठमाडौँ । एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै रु ३० अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराएको छ ।

अर्थमन्त्रालयका आज आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गर्नुभयो । सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाको पनि उपस्थिति थियो ।

सो ऋण रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड-१९ का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा प्रयोग गरिनेछ । गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र तीव्र आर्थिक पुनःरुत्थानमा जानसमेत उक्त रकम उपयोगी हुने बैंकले जनाएको छ ।

कोरोना कहरले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको र नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ । कोभिड-१९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता (सिएआरइएस) कार्यक्रमअन्तर्गत नेपालले बैंकबाट उक्त ऋण सहायता पाएको हो ।

ऋण सहयोगबाट सरकारले सातवटै प्रदेशमा कम्तीमा दुई लाख क्वारेन्टिन निर्माण गर्न र दैनिक तीन हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडिबीले जनाएको छ ।