देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल बाहेक अन्य देशमा रहेका १२१ जना नेपालीकाे काेराेनाले लियाे ज्यान

देशान्तर

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनए का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

संघका अनुसार बहराइनमा दुई तथा युएई, बेलायत, अमेरिका, कुवेत र साउदी अरेबियामा एक–एक जना नेपालीको मृत्यु भएको हो ।

सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । युएईमा १९, अमेरिकामा १७, साउदी अरबमा ८ तथा बहराइनमा तीन नेपालीले ज्यान गुमाएका छन ।

त्यस्तै कुवेतमा २, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनमा एक–एक जनाको मृत्यु भएको छ ।

१४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । यो साता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको छ ।

३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन ।