देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाको खोप यसैबर्ष बजारमा आउँछ : चीन

देशान्तर

चीनले कोरोना भाइरसविरुद्ध खोप यसै वर्षभित्र बजारमा आउनसक्ने जनाएको छ ।

चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले यो वर्षको अन्तिमसम्ममा वितरणका लागि खोप तयार हुने जनाएको हो ।

वुहान इन्ष्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस र बेजिङ इन्ष्टिच्युट अफ बायोलोजिकल प्रोडक्टसले खोपका लागि काम गरिरहेका छन् ।

पछिल्लोपटक सो खोपको परीक्षण दुई हजार मानिसमा गरिएको छ । खोपको दोस्रो चरणको परीक्षण भइरहेको पनि जनाइएको छ । रुसले पनि कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षण गर्ने जनाएको छ ।
रुसका स्वास्थ्य मन्त्री मिखायल मुरास्कोले रुसी वैज्ञानिकले दुई साताभित्र परीक्षण अघि बढाउने जानकारी दिएका हुन् ।

भाइरसको संक्रमण फैलिए लगत्तै संसारभर खोप निर्माणका लागि द्रुत गतिमा काम भैरहेका छन् ।

गएको वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ६० लाख ५७ हजार मानिस संक्रमित भएका छन् ।

त्यसमध्ये तीन लाख ६९ हजार भन्दा बढीको मृत्यु भएको छ ।