देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

देशान्तर

काठमाडौं । लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार ३ जनाको मृत्यु भएको छ भने २ लाख १३ हजार ३०३ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ४५८ जनाको मृत्यु भएको छ । त्यहाँ ८१ हजार ७६६ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २६० जनाको मृत्यु भएको छ भने ३३ हजार १७७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १९४ जनाको मृत्यु भएको छ भने २५ हजार १८४ जना संक्रमित भएका छन् । यस्तै ओमानमा ४० जनाको मृत्यु भएको छ भने ९ हजार ८२० जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले कतारमा ३६ जनाको मृत्यु भएको छ भने ५२ हजार ९०७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले बहराइनमा १५ जनाको मृत्यु भएको छ । त्यहाँ १० हजार ४४९ जना संक्रमित भएका छन् ।