देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेनाबाट विश्वभर ६० लाख बढि संक्रमित

देशान्तर

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख नाघेको छ । अहिलेसम्म ६० लाख २६ हजा ९१ जनामा सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।

सङ्क्रमितमध्ये अहिलेसम्म साढे २६ हजार भन्दा धेरै निको भएका छन् भने ३ लाख ६६ हजार भन्दा धेरैको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा १७ लाख ९३ हजार ५ सय ३० जना सङ्क्रमित छन् ।

अमेरिकामा अहिलेसम्म १ लाख ४ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ ।
यस्तै सङ्क्रमित धेरै रहेका देशको सूचीको दोस्रो स्थानमा रहेको ब्राजिलमा ४ लाख ६८ हजार ३ सय ३८ जना सङ्क्रमित भएका छन् ।

त्यहाँ झण्डै २८ हजार जनाको मृत्यु भएको छ । यस्तै रुसमा ३ लाख ८७ हजार ६ सय २३ सङ्क्रमतिमध्ये ४ हलार ३ सय ७४ जनाको मृत्यु भएको छ ।