देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ बजेटले सुनको मूल्य प्रतितोला २३ सयले महँगियो

देशान्तर

काठमाडौं । सरकारले हिजो घोषणा गरेको आर्थिक वर्ष ७७–७८ को बजेटपछि बजारमा सुनको मूल्य प्रतितोला २३ सय ३२ रुपैयाँले बढेको छ । कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब साढे २३ सय रुपैयाँ थपेर मात्रै नयाँ मूल्य तोक्न सकिने अवस्था भएको जनाइएको छ ।

यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महसुल बजेटपछि दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पु¥याइएको छ । एक तोला सुनमा ११.६६४ ग्राम सुन हुन्छ ।

यस्तै चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महसुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्‍याइएको छ । साबिकको भन्सार महसुलमा सुनको प्रतितोला भन्सार महशुल ३१ प्रतिशतले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिएका छन् ।