देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीतकार रत्नशमशेर थापाको आज अन्त्येष्टि गरिँदै

देशान्तर

काठमाण्डौ । कवि तथा गीतकार रत्नशमशेर थापाको आज अन्त्येष्टि गरिँदैछ । उपचारका क्रममा बिहीबार  निधन भएका थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको हो । अन्त्येष्टि  अघि कलाकार संघका सदस्यहरुले उनले लेखेको गोरेटो त्यो गाउँको बोलको गीत गाएर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको गीतकार सुवासचन्द्र ढुंगेलले जानकारी दिए ।

नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहेका थापाको ८३ वर्षको उमेरमा हिजो निधन भएको हो । २०१८ सालदेखि गीत लेख्न थालेका थापाका घुम्तीमा नआऊ है, ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो, फूलैफूलको मौसम तिमीलाई, जाग लम्क चम्क हे नौजवान हो, विछोडको पीडा नसकि खप्न, गोरेटो त्यो गाउँको, आफ्नै गाउँ फर्कि आएँ लगायतका दर्जैनौ गीत दर्जनौ गीत सदाबहार छन् ।

उनले उकाली आरोली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखो माया लगायत चलचित्रमा गीत लेखेका छन् ।