देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन् : मोदीको मूड ठीक छैन

देशान्तर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मूड ठीक नभएको टिप्पणी गरेका छन् ।

ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री मोदीको मूड ठीक नरहेको टिप्पणी गरेका छन् । ट्रम्पले चीनसँगको सीमा विवादको विषयलाई लिएर मोदीको मूड ठीक नरहेको बताएका हुन् ।

उनले चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पनि दोहोर्याए । उनले भने, ‘दुवै देशलाई केही मद्दत चाहिन्छ भने म त्यसका लागि तयार छु ।’

चीनसँगको सीमा विवादबारे भारतीय प्रधानमन्त्रीसँग आफूले कुरा गरेको जानकारी दिँदै ट्रम्पले भने, ‘यो विषयमा भारत खुशी छैन र शायद चीन पनि खुशी छैन ।’

एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको थिए । चीनसँग जे भइरहेको छ त्यसका लागि उहाँको मूड ठीक छैन ।’

गत बुधबार पनि ट्रम्पले ट्वीट गर्दै चीन र भारतको सीमा विवाद समाधानका लागि आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए ।