देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाका कारण विश्वमा ३ लाख ६१ हजार बढीको मृत्यु

देशान्तर

विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ६१ हजार नाघेको छ । ५९ लाख संक्रमित मध्ये २५ लाख ७७ हजार उपचार पछि निको भएका छन् ।

५२ हजार ८ सय संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ ।

संक्रमितको संख्या १७ लाख ६८ हजार रहेको छ । बेलायतमा २ लाख ६९ हजार संक्रमित मध्ये ३७ हजार ८ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३१ हजार ७ सय संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८६ हजार २ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ६ सय नाघेको छ । यस्तै स्पेनमा २ लाख ८४ हजार ९ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा ४ लाख ३८ हजार ८ सय बढी संक्रमित हुंदा करिब २७ हजारको मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ८२ हजार बढी संक्रमित र ८ हजार ५ सयको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय ९२ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ । रसियामा ३ लाख ७९ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्दा ४ हजार ७ सय बढीको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म ६१ हजार २ सय बढी संक्रमितमा १ हजार २ सयको मृत्यु भएको छ ।