सत्यको कुनै प्रमाण छैन भन्दैमा असत्यलाइ नै सत्य मान्ने र न्यायिक पक्षमा बसेर सत्य र असत्य नबुझी दण्डको घोषणा गर्नेले ख्याल गरौ । लकडाउन दण्ड पनि हो । लकडाउनका कारण नागरिकलाइ परेको समस्या धेरै छन कति लेख्नु, कति पढ्नु, वाक्क दिक्क भैसक्यो। सरकारले गर्नु पर्ने र नपर्ने तर गरेका कामको बारेमा लेखौ भने पनि लज्जास्पद नै देखिन्छ। स्थानीय तहमा राजनैतिक नेतृत्वको संरक्षणमा नागरिक सम्पति नबुझाउन र सेवासमुहको फरक निर्णयमा संबिधान संशोधन गरेर पनि निकास निकालौ भनेको बिषयमा संसद मौन र बजेट क्रियाशील देखिन्छ । सायदै नागरिक चाहानामा यो संसद र सरकारले कार्य गर्ला तर पनि मनमा आएका बिषयमा लेख्न छोड्नु हुन्न भन्ने मानशिकताले लेख्दै छु ।
नेपालका सम्माननीय प्रधानमन्त्रीज्युको तिब्र इच्छाशक्ति हुँदा हुँदै पनि आफ्नै स्वास्थ्यका कारण यो कोरोना कहरको सामनाका लागि बिषयगत अध्ययन गर्दै संक्रमणको रोकथाम र नियन्त्रणको उपायबारे निर्णय गर्न र नीतिगत निर्णयको आवश्यकताका सम्बन्धमा मन्त्रीपरिषदमा सिफारिस गर्न यहाँलाई जिम्मा दिदै गर्दा आम नेपालीहरु तपाइको नेतृत्व क्षमता र आगामी देशको नेतृत्वको समेत उचाइलाई हेरेर प्रधानमन्त्रीज्यु केही अस्वस्थ हुँदा पनि जिम्मेवार भोलिको नेतृत्वको छाँया , भोलिको नेतृत्वको रुपमा यो जिम्मेवारी पुर्णतः सफल रुपमा सम्हाल्नुहोला भन्नेमा बिश्वस्त थिए ।
यी शब्द लेख्दै गर्दा दु:ख लाग्छ,हामिलाई पश्चाताप लाग्छ निर्णय सम्झिदा , त्यसैले तर तपाइले गरेका निर्णयमा तपाइलाई नै पश्चाताप फेरि पनि नहोस भनेर यो सुझाब पत्र कोर्दैछु । यहाँनेर यहाँलाई स्मरण गराउँ कि यहाँले शिक्षा मन्त्रीज्युले एसईई परीक्षा गराउने, परीक्षा लिन सकिन्छ, नागरिक स्वास्थ्य अबस्था ठिक छ, सिट प्लानिङ्ग भै सक्यो, प्रश्न पत्र पुगे , अब परीक्षा सुरु हुन जम्मा १२-१३ घन्टा बाँकी छ गरौ परीक्षा नरोकौ भनेर गरेको निर्णयमा तपाइले कति समयमा त्यो निर्णयको विरुद्ध संयोजकको भिटो पावर प्रयोग गर्नु भाको थियो ? र, त्योबेला कति जना कोरोना संक्रमित थिए ? र,अब कति संक्रमित कहिलेसम्म हुन्छन ? हाल आएर प्रधानमन्त्रीको देशवासीको नाममा गरिएको सम्बोधनमा एसईई २ दिन अघि रोकेको भनी लेखाउँदै गर्दा जिम्मेवार यहाँनेर नेपालको प्रधानमन्त्रीका लागि नेपाली जनताले हेरेको तपाईं हो, तपाईं नै सरकारको भरोषा हो नेपालीको लागि । प्रधानमन्त्रीले केही भन्दै गर्दा नै हेर्नू पर्ने परिस्थितिमा झनै यहाले आफ्नो निर्णयको बिषय पनि समावेश हुँदा, त्रुटिपूर्ण, गैरन्यायिक कुरा आए भने सम्झनु पर्ने हो नि ?
यहाँ नै आम नेपालीलाई मनमा थियो कि क्वारेन्टिन वा लकडाउन बढिमा १४ दिन वा २१ दिन हुन्छ । वा त्योभन्दा बढी बिरामीको सम्पर्कमा आएकासंगको सानिध्यताले ३७ दिनसम्म पनि किटाणुको असर देखिएको थियो विशेषज्ञको कुरा । आम नेपालीलाई कसरी झुक्याएर लकडाउन गरेको हो ? लकडाउन आवश्यक कति छ ? बन्दाबन्दी पालनाका लागि को को लाई पास नदिएको हो ? कुन बेला यहाहरुको बजेट, सरकार, सिमाना, सुरक्षा , केही नलेख्ने शब्द रहित अन्यकुरा मिल्छ्न् ? अनि मात्रै खोल्ने हो भने तपाइले लकडाउन खोल्न खोज्दा आज ४ अंकमा १०४२ रहेका संक्रमित ५ अंकमाथि जानेछन्, अनि तपाईं कुन मुखले लकडाउन खोल्ने ? एक जना बिदेसबाट आएको बिरामी मात्रै हुँदा बन्दाबन्दी गर्ने अनि अब कहिलेसम्म तपाइहरुको लकडाउनले क-कसलाई सरेन कोरोना ? क कसलाई सर्यो रु संक्रमण नेपाली नागरिकका कारण नै बढेको होला हैन त रु अरु कुरा यहाँले नै मनैमन बिचार्नुस, आफ्नो नागरिकलाई बन्दाबन्दीमा राख्ने निर्णयमा । सक्नुहुन्छ र जोगाउन सक्नु हुन्छ सरकारको साख भने पुर्ब तयारीमा समय हुँदा हुँदा पनि अझै गर्न नसकेको क्वारेन्टाइनको उपत्यका सिबिर होटेल पार्टी प्यालेसलाई बनाएर नागरिक स्वास्थ्यमा सहजता र सजगता सहित कोरोना संगैसंगै जीवनयापन गर्न सरकारले सहजता गर्न अबको निर्णय होस र बन्दाबन्दी खुलोस ।
यहाँलाई थाहा नै होला समुद्रको लहरजस्तै छालहरुमा देखिने जीवनका रंगहरुमा फाइदा बेफाइदा लाभ हानी होलान तर नीतिनिर्माण तहमा निर्णयको लप्काहरु पनि समुद्रको एकै लप्का समान हुन्छ । आम नागरिकहरु कोरोनाबाट भागेर होइन कोरोनासंग सामना गरेर कोरोना संगैसंगै अघि बढ्ने सोचमा छन। अर्थात सामाजिक दुरी लगायतका सुरक्षा सावधानी अपनाई सम्भावित संक्रमण जोखिमलाई न्यूनिकरण गर्दै आ-आफ्ना पेशा, व्यवसाय,दिनचर्या चलाउन खोजेका छन । सरकारले भनेको नागरिकले मानेको अक्षरस ६७ दिन हो र अझै एक हप्ता मान्नेछन् ।नमान्ने भनेको सरकारकै मन्त्री , सांसद , अरु नामका को को छन त्यो आफै सम्झनुहोला। कोहि नागरिक बन्दाबन्दिमा कहि जबर्जस्त गर्न आएको छ र ?
बिश्वपरिवेशमा आज ५७ लाख १० हजार हाराहारी संक्रमित र मृत्युको मुखमा पुगेका करिब ३ लाख ५२ हजार हुँदा नेपालमा चैत महिनामा लकडाउन गरेर कति सक्रमण घट्यो आफै सोच्नुहोस । सरकार तपाइँको बन्दाबन्दी गर्ने निर्णयले आजसम्म ४६ जिल्लामा सक्रमण हुँदा त्यसको दोष पनि पुनस् नेपाली जनताले नै लिनु पर्छ भने पनि केही छैन ।
सरकारको लकडाउन लाउने तर बिकल्प नसोच्ने उच्चस्तरीय समितिलाई बिकल्पका केही सुझाव :-
कोहिपनि नागरिकले लकडाउन गरेकोमा बिरोध गरेनन भनेर सरकारले लकडाउनलाई बढाउँदै मात्रै जाने हो भने सरकारको दुरदर्शिता देखिदैन। बिश्व परिवेशमा यो भाइरस सधै रहन्छ , नेपालमा पनि सधै रहन्छ।परिक्षणका लागि आवश्यक पि सि आर कीट उपलब्ध गराउन नसक्ने तर लकडाउन मात्रै थप्ने हो भने यो ब्यबस्थापकीय चुनौती हो। कोरोना बिश्वमा समस्या भएको छ तर नेपालमा चुनौती बनाउन खोजिएको छ । सरकारले समग्र ब्यबस्थापकीय अस्तब्यस्तताले नागरिकलाई लकडाउनको नाममा मारमा राख्ने नीति नेतृत्वले बनाउनु हुन्न । आम निजामती क्षेत्र र सार्बजनिक सेवा कहाँ छ कहाँ रु सरकार यो तथ्य हेरौंस् लार्भालाई संघर्ष गर्न नदिएर संघर्षबाट पुतली बन्न नदिएर मायाले मानिसले लार्भाको कीट पन्छाइदियो भने ,सहयोग गर्यो, र , पुतली बन्यो भने मायाबाट बनेको पुतली उड्न सक्दैन र मर्छ ।
त्यस्तै नेपाली जनतालाई कोभिड संगै संगै संघर्ष गर्न नदिएर घरमा बन्दाबन्दिमा मात्रै राख्यो भने मानिस बस्दा बस्दै आदतले नै मर्छ केही गर्न सक्दैनन । कोरोना जस्ता भाइरस आऊँछन जान्छन, सरकारले उपचारको क्षमता वृद्धि गरोस जिम्मामा स्वास्थ्य मन्त्रालयले ज़िम्मेबारी लिएर मागेको आवस्यकता सरकारले पूरा गरोस ।केही बिज्ञहरुसहितको संकलित सुझाब प्रस्तुत गरेको छु।
मुखमा मास्क लगाएपछि खान नपर्ने भए लकडाउनलाई लम्ब्याउन कसैलाई आपत्ति हुने थिएन । तर मास्कले भोक रोक्न सक्दो रहेनछ । संसारका जल, थल तथा नभमा रहेका पृथ्वीभरीनै यो भाइरस रहिरहन्छ भन्ने बिज्ञको अध्ययन पनि हेरौं । कोरोना संक्रमण विरुद्धको खोप कहिले आउँछ रु हामीले कहिले पाउँछौ रु यी प्रश्नको उत्तर अनुत्तरित नै छन ।
डाक्टर तथा धेरै बिज्ञको भनाइ र भोगाइले देखाएको तथ्यांक र बिचार स् सामान्य रुघाखोकी लागेको १ जना व्यक्तिले औसत १।३ जनालाई फ्लु सार्न सक्छ भने कोरोना संक्रमित १ जनाले औसत ३ जनालाई रोग सर्न सक्छ । १ जनाले १.३ जनालाई, १.३ जनाले अर्को १.३ जनालाई गर्दै १० पटक यो चक्र पुग्दा १४ जनामा फ्लु सर्छ भने कोरोना संक्रमण १ जनाले ३ जना, ३ जनाले ९ जना, ९ जनाले २७ जना हुँदै १० पटक यो चक्र घुम्दा ५९ हजार ४९ जनालाई कोरोना संक्रमण सर्न सक्छ भन्ने छ । तसर्थ हामी सबै गम्भीर भएर यो भाइरसको गुणन तोड्न सजग हुनु जरुरी छ ।
लकडाउन खोलेर पनि जनजीवन सुरक्षित बनाउन सकिन्छ सरकार । घरेलु औषधिको ज्यादा खोज र तितेपाती, गुर्जो, बेसार, मुलेठीसम्म विज्ञान पनि संगैसंगै छन प्रयोगका लागि बजारीकरण गरौं । अबको विकल्प भनेको सुरक्षा र रोकथामका उपाय अपनाएर आफ्नो काम गर्ने नै हो । कार्यस्थलमा ६ फिटको व्यक्तिगत दुरी, मास्क र चस्मा र पंजा र आउटर ड्रेसको प्रयोग, साबुनपानीले हात धोइरहने तथा भीडभाडमा नजाने नै हो ।सरकारले संक्रमितहरुको क्षेत्र मात्रै शिल गर्ने र त्यो ठाउमा नागरिकले पुर्ण पालना गर्ने गरौं ग्नीन जोनलाई रेड जोनबाट ज्यादा सुरक्षात्मक अवस्थामा राख्ने ब्यबस्थापन गरौं ।
प्रहरी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, ड्रेसवाला, झण्डावाला, तरकारीवाला, अत्यावश्यकवालालाई पनि कोरोना लाग्ने हुँदा जसलाई जहाँ खटाइन्छ उ आफ्नो सेल्फ आइसोलेसन वा क्वारेन्टाइनमा आउन नसक्ने भए त्यही बस्ने ब्यबस्था सरकार वा काममा लगाउने संस्थाले मिलाउने हो । शक्तिको आडमा ठूलो सानो होइन संसदले पनि जहाँ छन त्यही बस्ने नत्र पावर, चुनाब जितेका मन्त्री भएकालाई नसर्ने भनेर कोरोनाले भनेको भए मात्रै हिड्ने अन्यथा नागरिक सबै बराबरी गरौ ।
बालबालिकालाई स्कुल भर्ना गर्ने व्यवस्था मिलाउन अब ढिला नगरौं । स्कुल र विद्यार्थीलाई बोक्ने बसलाई संक्रमणरहित बनाउने, विद्यालयमा पनि भौतिक दुरी कायम गराउने, मास्क र चस्मा र पंजा र स्यानिटाइजर अनिवार्य गर्ने गराउने ब्यबस्थापन गरौं । एउटा सेसनमा ३० जना बिद्यार्थी हुन्छन् भने १५ जनाको सेसन राख्ने ब्यबस्था गरौं । हरेक स्कुलमा हेल्थ डेस्क स्थापना र विद्यार्थी संख्याको आधारमा डाक्टर , नर्स वा स्वास्थ्यकर्मी राख्दा पनि केही फरक पर्दैन त्यसको भार स्कुलले मात्रै बोक्न पर्दैन सके सरकारले कोरोना कोषलाई नागरिकको नाममा सदुपयोग गरोस अन्यथा अभिभावक स्वयं पनि स्वास्थ्य चार्ज मासिक तिर्न सक्छ्न । त्यस पछि अन्य आवश्यक सुरक्षा र आवस्यक कार्य स्वास्थ्यकर्मीले गर्ने नै छ्न । क्वारेन्टाइन भनेको सुरक्षित महसुस हुने हुनै पर्छ ।
कोरोना संक्रमित बिरामिलाई सेल्फ तिर्न पाउने पैसा तोकिएको सुबिधासहितको रुमको बिल खाना सहित तिर्न लाउने र होटेल एसोसिएसनसंग समन्वय गरेर राज्यलाई पर्दा सहयोग गरौ भनेर प्रतिरुम न्युनतम मुल्यांकन गरेर बस्ने ,खाने र अझै डाक्टर सहितको (घुमुवा भए पनि) टोलि राखेर क्वारेन्टाइन, आइसोलेसन र उपचार सुरु गरौं । क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मिको व्यवस्था गर्ने र कोरोना संक्रमणको परिक्षण, उपचार, भर्ना, आइसीयु तथा भेन्टिलेटर लगायत सबै सुबिधाको व्यवस्था गर्ने ब्यबस्था गरौं बजेट मात्रै छुट्याएर कुलेलम नपारौं । अरु अस्पताललाई संक्रमित नबनाउन उच्च सतर्कता कायम गर्न समन्वय गरौं ।
कोरोना भाइरसको घातक प्रभाव कम छ । त्यस्तै सिंगापुरको नेसनल सेन्टर अफ इन्फेक्सियस डिजिज एण्ड एकेडेमी अफ मेडिसिनको संयुक्त अध्ययनले बताएको छ कि संक्रमण भएको ११ दिनसम्म रोग सार्न सक्ने क्षमता हुन्छ । १२ दिनपछि परिक्षणमा पोजिटिभ देखिए पनि रोग सार्न नसक्ने सो अनुसन्धानले बताएको छ ।नेपालमा लकडाउन र बाहिरबाट मानिस आउँदा पनि क्वारेन्टाइनमा बसेर आएका र यहाँ पनि बस्ने हुँदा खतरा कमनै होला। कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने भएकोले भौतिक दुरी कायम गर्दा धेरै सुरक्षित भइन्छ । त्यस्तै संक्रमितको संख्या बढ्दै जाँदा हामी डराउनु हुँदैन । विश्वभर यो संख्या बढिरहेको परिप्रेक्ष्यमा हामी पनि मानसिक रुपमा तयार हुनुपर्दछ । हामीले उच्च स्तरको तयारी र सुरक्षा अभ्यास गर्यौं भने कोरोना भाइरससंगै आफ्नो जीवनचर्या संचालन गर्न सक्छौं । रोगप्रतिरोधात्मक क्षमता बढाउनको लागि हाम्रो आहार, बिहार, आचार र व्यवहार स्वस्थ हुनु जरुरी छ ्र सरकारले एऋच् परीक्षणको दायरा बढाएर संक्रमितलाई चामलमा बियाँ खोजेझैँ खोज्ने, आइसोलेसनमा राख्ने र गुणस्तरीय उपचार गर्ने काम निरन्तर अघिं बढाउनुपर्दछ ।
संक्रमितलाई घृणा गर्ने परिपाटी अन्त्य गर्ने गराउने सुचना गर्ने गरौं । विदेशमा रहेका नेपालीलाई परामर्श प्रदान गर्न जन स्वास्थ्य सहचारीको व्यवस्था गर्ने तुरुन्तै गरेर ब्यबस्थापन गरौं । रोजगारी गुमेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने हो भने सेल्फ पे मा राम्रो होटेल ब्यबस्थापन गरौं । यी उपायलाई व्यापक प्रचार गर्ने, अनुगमन गर्ने, दण्ड तथा प्रोत्साहनको व्यवस्था गर्ने र चरणबद्ध लागु गर्ने हो भने कोरोना संक्रमणलाई छल्दै हाम्रो जनजीवन सुचारु गर्न सकिन्छ । लकडाउनलाई बिकल्प दिनै पर्छ सरकार।
लेखक : नेपाल निजामती कर्मचारी युनियन(संघ) केन्द्रीय कार्यसमितिका उप महासचिव हुन् ।
प्रतिक्रिया