देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन

देशान्तर

काठमाडौं । बरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । उपचारका क्रममा उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्याएको थियो । आज बिहान साढे ११ बजे उनको निधन भएको हाे ।

उनको पीसीआर टेष्टका लागि स्वाब समेत लिइएको छ । बेलुकी ६ बजे रिपोर्ट आएपछि थापाको पार्थिव शरीर परिवारलाई वुझाइने छ । गीतकार थापाको ८३ बर्षको उमेरमा निधन भएको हो ।

गीतकार थापाले लेखेका ‘घुम्तीमा नआउ है, पन्छीमा राम्रो डाँफे, ए कान्छा ठट्टैमा, जाग लम्क चम्क हे’ जस्ता कालजयी गीत लेखेका छन् ।