देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वभर कोरोना संक्रमितको संख्या कति?

देशान्तर

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५६ लाख १४ हजार नाघेको छ ।

संक्रमणबाट ३ लाख ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ हजार ९ सय नाघेको छ ।

अमेरिकामा १७ लाख ७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । अमेरिका पछि संक्रमितको संख्या ब्राजिलमा बढी रहेको छ ।

त्यहाँ संक्रमितको संख्या ३ लाख ७६ हजार नाघेको छ भने २३ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

रुसमा संक्रमितको संख्या तीन लाख ६२ हजार नाघेको छ भने तीन हजार ८ सय ७ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा एशियामै सर्वा्धिक संख्यामा कोरोना संक्रमित भेटिएका छन् । भारतमा संक्रमितको संख्या एक लाख ४६ हजार नाघेको छ भने ४ हजार १ सय ८७ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा पनि संक्रमितको संख्या ५७ हजार ७ सय नाघेको छ । त्यहाँ १ हजार एक सय ९७ जनाले ज्यान गुमाएका छन् ।

बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ ।

संक्रमणबाट हालसम्म बेलायतमा ३६ हजार ९ सय, इटलीमा ३२ हजार ८ सय, स्पेनमा २६ हजार ८ सय र फ्रान्समा २८ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ ।

विश्वभर २३ लाख ६१ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।