देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

औलोको औषधी कोरोनामा प्रयोग रोकियो

देशान्तर

औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोना भाइरसको सम्भावित उपचारमा प्रयोग गर्न भैरहेको परीक्षण रोकिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ ले सुरक्षाको त्रासका कारण अस्थायी रुपमा परीक्षण रोकिएको जनाएको हो ।

डब्ल्यूएचओको आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले परीक्षणमा रोक लगाउने निर्णय कुनै समस्यासँग जोडिएर नभएको बताएका छन् ।

हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोरोना संक्रमित विरामीको मृत्यु हुने जोखिम बढाउने प्रतिवेदन सार्वजनिक गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै भाइरसबाट बच्न उक्त औषधिको प्रयोग गरिरहेको जनाएका थिए ।

हाइड्रोक्सीक्लोरोक्वीन औलोको लागि सुरक्षित औषधि मानिए पनि अहिलेसम्म कुनै परीक्षणले यसलाई कोरोना संक्रमण नियन्त्रणका लागि प्रयोग गर्न सुझाव दिएका छैनन ।