देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानद्वारा २ हजार तालिबान बन्दी रिहा

देशान्तर

अफगानिस्तान सरकारले दुई हजार तालिबान बन्दीलाई रिहा गरेको छ । तालिवान विद्रोहीले इदको अवसरमा तीन दिन अस्थायी युद्धविराम गरेपछि शान्ति वार्ताको पहलस्वरुप सरकारले बन्दीलाई रिहा गरेको हो ।

तालिबानसँगको शान्तिवार्ता प्रति प्रतिबद्ध रहेको सन्देश दिनका बन्दी रिहा गरिएको बताइएको छ । राष्ट्रपति असरफ घानीले तालिवानसँग आगामी चरणका वार्ताका लागी तयार रहेको पनि बताएका छन । तालिवानले आगामी वार्ताका लागि बन्दी रिहाईलाई मुख्य मुद्दालाई मुख्य मुद्दा बनाएका थिए ।

तालिवान समूहले पनि सरकार पक्षीय एक हजार जनालाई रिहा गर्ने प्रतिबद्धता जनाएको छ । अफगानिस्तान अठार बर्षदेखि गृहयुद्धमा छ । शान्ति प्रक्रियाका लागि भएका प्रयास अहिलेसम्म सफल हुन सकेका छैनन् ।