बेलायतका प्रधानमत्री बोरिस जोनसनले विपक्षी दलहरुका सल्लाहकार डोमिनिक कमिङलाई वर्खास्त गर्न आगह गरेका छन् ।
सरकारले जारी गरेको लकडाउन उल्लंघन गरेको भन्दै कमिङलाई वर्खास्त गर्न उनले माग गरेका हुन् ।
कमिङले कोरोना संक्रमित श्रीमतीको साथ यात्रा गरेको आरोप लगाइएको छ । कमिङले उत्तरी इङ्ल्याण्डको यात्रा गरेको समाचारमा बताइएको छ ।
कमिङको परिवारका सदस्य नै कोरोनाबाट संक्रमित भएको भन्दै प्रधानमन्त्री जोनसनले वर्खास्त गर्नुपर्नेमा जोड दिए ।
कमिङ ब्रेक्जिट जनमत संग्रहमा युरोपियन युनियन छोड्ने सन २०१६ अभियानका महत्वपूर्ण योजनाकार रहेको बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
बेलायतमा गत मार्च २३ देखि जारी गरिएको लकडाउनमा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ ।
प्रतिक्रिया