देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उक्साहट शुन्य राष्ट्रप्रेम र ज्यादै संयमता आवश्यक !

देशान्तर

नेपालको सीमा काली नदीको पुर्बतर्फ हो भन्ने तथ्यपुर्ण बिषय नेपालको राजनैतिक र प्रशासनिक नक्सा प्रकाशनले बिश्वभर  तरंगित बनेको छ । यहि बेला भने आम नेपाली र नेतृत्वमा राष्ट्रप्रेममा उक्साहट शुन्यता र संयमता जरुरत देखिएको छ ।

नेपालको नक्सामा लिम्पियाधुरा, नावी ,कुटी सहित कालापानी लिपुलेकको भू-भाग यसभन्दा (बि सं २०१२/१३) कयैन बर्ष अगाडिको तीरो, रसिद,अन्न बुझेको,राष्ट्रिय अभिलेखालयको  प्रमाण,साझा सहमतिको नक्सा सन १९३४ मा,सन १८७५ जनवरी ७ नेपाल अंग्रेज़ बिचको संयुक्त आयोगले बनाएको नक्सामा पनि नेपालको भएको तथ्य  दस्तावेज , र कानुनी प्रमाण नेपाल र नेपाली हामीसंग छ ।

हरेक पाइलामा  मानिसको जीवनमा खास अर्थ रहन्छ ,जे हो  सत्य मनमा राख्नु,प्रमाणिक कुरा जोगाउनु तर कसैको मन नदुखाउनु भन्ने तर्फ पनि ध्यान राख्ने अबस्था हो अहिलेको । भारत नेपालको तुलनामा २२ गुणा र चीन ६६ गुणा ठूलो सामरिक राष्ट्र हुन। समस्या भारतको प्रशासनिक नक्सा मात्रै होइन चीन पनि संगैसंगै नेपालको  सीमाको घाउमा नजिकै छन । नेपालको समेत भू भाग भएको त्रिदेशीय सिमाको लिपुलेकसम्मको बाटो  भारत हुँदै नेपालकै भूमी गुन्जीबाट कालापानी हुँदै चीनको सिमासम्म खोल्ने सम्झौता ( बि आर ओ) गर्दा नेपालको सहभागिता भारतले नचाहाँदा पनि चीनले चाहानु पर्नेमा चीनबाट पनि भारतीय पक्षको नै पक्षपोषण गरेको भुल्नु हुन्न ।

हालै मात्र मुल बिषयलाई बिषयान्तर हुने गरि आफ्नो समेत सहभागीतामा भएको सडक संजालमा नेपालको सहभागीताको बारेमा मौन रहेको चीन एक  भुगोलको ठाउँ मात्रै कालापानीको नाम नै किटान गरि “कालापानीको मुद्दा  नेपाल र भारत बिचको हो हामी आशा गर्छौं दुबै देसले मित्रवत परामर्श मार्फत आफ्ना मतभेदलाई ठिकसंग समाधान गर्नेछन , परिस्थितिलाई जटिल बनाउन सक्ने कुनै एक पक्षीय कार्य हुनेछैन ”  तर यसमा चीन लिम्पियाधुरा सहितको जमिनको बारेमा मौन देखिन्छ । त्रिदेशीय सिमामा पनि अरुले ठिकसंग गरून् भन्ने किसिमको संशययुक्त भाषा आएको छ । यसैमा भारतीय सेना पक्षको कुरा उक्साहटमा नेपाल भन्ने किसिमको आएको छ र भारतीय सरकारले पनि नेपालले जारी गरेको राजनैतिक र प्रशासनिक नक्सा अस्वीकार्य भन्दै मिडियावाजी गरेको छ। तसर्थ भारतीय र चीन पक्षको भाषालाई मनन गर्ने हो भने जटिल परिस्थितिको संकेत गर्नु सीमा र परराष्ट्र मामिलामा नेपाल सतर्क र अनुशासित एबं संयमित हुन जरुरी छ।
सामाजिक संजालमा नेपालीजनहरु र भारतीयजनहरु , दुबै राष्ट्रका केहि मात्रै मिडियाहरु, समाचार बनाउने होडमा सामाजिक संजालमा र पत्रकारिताको मुलमर्म, मर्यादा समेतलाई भुलेर गोर्खा राइफल्स, नेपाली सेना, कोहि बिज्ञको बिचार,सेलिब्रेटीका कुरा, केही नेताहरुको समेत भनाइलाई लिएर छिमेकी मित्रराष्ट्रहरुप्रती कटुवचनमा उत्रने समय अहिलेको किमार्थ होइन । अहिलेको समयमा कसैलाई गाली/ताली गर्‍यो वा केही भन्यो / भनायो भने तुरुन्तै मुल बिषय सीमा बिषयान्तर भएर अर्को बिषय लेखे लेखाएको वा भने भनाएकोमा पहिलो बहस हुन खोज्छ र सीमाको बिषय अलमलिन सक्छ । त्यसैले संयमता अपनाऔं ।

जसरी भारतले आफ्नो काश्मिर मुद्दालाई टुङ्याउने शिलशिलामा यतातर्फ नेपालको सिमालाई नाघेर नेपालको भू-भाग भारतको प्रशासनिक र रजनैतिक नक्सामा राख्ने क्रममा नेपाललाई समन्वय गर्नु पर्ने थियो त्यो नगर्दा  , लिपुलेक मानसरोबर सडक  खोल्दा चीन र भारत दुबैले समन्वय गर्नु पर्थ्यो त्यो नगर्दाको परिणामस्वरूप नेपालले रक्षात्मक रुपमा प्रमाण बमोजिम नेपालको राजनैतिक र प्रशासनिक नक्सा प्रकाशन गरेको हो । यसबाट हालैका नक्सामा भारत र नेपालको सीमातर्फ राजनैतिक र प्रशासनिक नक्सामा ओभरल्याप भएको छ । ओभरल्याप भित्रको जमिनमा भोगाधिकारमा नागरिकहरु दुबिधामा परेका छन । आफूलाई कुन देसको नागरिक बनाइदिने हुन भन्ने चिन्ता नागरिकहरुमा छ ।
सामाजिक संजालमा नेपाल  देसको क्षेत्रफलका बारेमा पुरानो अध्ययन गरि आएको शिक्षा प्रणाली अनुरुप १,४७,१८१ बर्ग किलोमीटरलाई आफू खुस थपघट गर्ने कार्य र ब्यक्ति ब्यक्ति बिचपनि फरकफरक क्षेत्रफल पत्रिकामार्फत र सामाजिक संजालमा प्रक्षेपण गरेको देख्दा प्राबिधिक बिषयमा अज्ञानता देखिन्छ । देसको क्षेत्रफल एकिन गर्न अपनाउनु पर्ने बिषय, क्षेत्रफल एकिन गर्दा नक्साको स्केल , नक्साको प्रोजेक्सन, नापनक्सा  प्रबिधी भित्रको पनि ईरर एडजस्टमेण्ट, सहितका बिबिध कुराको कारण क्षेत्रफलमा फरक पर्ने प्राबिधिक बिषयलाई कार्यसम्पादन गर्न नै नदिएर आफूखुस लेख्ने गरेको पाइएको छ । हाल बिश्व नै लकडाउनमा परेको अवस्थामा नेपालको सर्भे टोली पनि संगै लकडाउनमा छ ।

स्याटिलाइट इमेज र पुराना दस्तावेज प्रमाणका आधारमा देखिएको काली नदीलाई आधार बनाइ प्रकाशन गरिएको नक्सामा फिल्डकार्य बाँकी नै छ । तसर्थ क्षेत्रफललाई एकिन गर्न अत्यास र हतारो नगरौं।  देसको सार्वभौमिकता माथी अतिक्रमण , बलमिच्याई गर्नु ,छिमेकी छिमेकी बिचको दुरी बढाउनु हो। कहि कतैबाट पनि यस्तो कार्य नगरौं। इतिहास साक्षी छ नेपाल बिश्वमान चित्रमा भारतभन्दा अगाडी कै राष्ट्र हो । त्रिदेशीय रुपमा वा दुई देशीय रुपमा  चित्त फाट्ने र सीमाको प्रमाण बिना गलत कित्ताकाट्ने कुरा नगरौँ।  नेपाल र नेपालीले आफ्नो सीमाको लागि प्रमाण पुर्‍याउने हो अतिरंजना गर्ने होइन। हामिले अतिरंजना गर्दा बिषयान्तर हुन्सक्छ भन्ने हो। यो अवस्थामा नेपाल र नेपाली संयम र राष्ट्रप्रेममा सतर्क रहनै पर्छ । हामिले जुन यत्नबाट नक्सा प्रकाशन गरेका छौं त्यसमा खुशी मनाउँ तर अतिरंजना नगरौं ।

आफ्नो देसको नक्सा बलियो र प्रमाण बलियो भए जस्तै अबको योजना आफ्नो देसलाई आत्मनिर्भर अर्थतन्त्रका लागि लगेनौ भने परनिर्भरताले देस, नागरिक ,नेता , नीति , नक्सा  सबै सबै जर्जर हुनेछ्न ।  कयैन अनुभवले भन्छ परराष्ट्र मामिलामा र बिदेश नीतिमा थकान, गहिरो अध्ययन , अमृतसमान हुनसक्छ तर हतारोमा देसको सीमाका र परराष्ट्रका बारेका शब्द चयन र कोरोनाको आराममा देसको नक्सा, क्षेत्रफल, परराष्ट्र मामिलामा एबं बिदेश नीतिमा यो आरामको थकान संजालमा आफूखुस लेख्न थाले त्यस्ता बिषय बिष हुनसक्छ । त्यसैले कसैप्रति कटुवचन होइन ,कसैको उक्साहट पनि लाग्ने होइन, संयमता र राष्ट्रप्रेमलाई प्रमाणिक रुपमा मात्रै लेख्ने र बोल्ने गरौं । चेतनाले मात्रै कार्यसम्पादन गरौं। जसरी हामी बिरामी आमाको उपचारलाई ब्यबस्थापन गर्छौ त्यस्तै अवस्था हो आजको नेपालको । अस्तु।

लेखक : नेपाल निजामती कर्मचारी युनियन(संघ) केन्द्रीय कार्यसमितिका उप महासचिवत तथा पेशागत नेपाल  सर्भेयर्स एसोसिएसन केन्द्रीय कार्यसमितिका सचिव हुन् ।