देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउदीमा १३ सय ६४ नेपाली संक्रमित: ७ को मृत्यु

देशान्तर

साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या १ हजार ३ सय ६४ पुगेको छ । त्यसमा महिलाको संख्या १७ रहेको छ । विहीबारसम्म ७ जना नेपालीको मृत्यु भएको छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार एक हप्ताको अवधिमा ६ सय ९० जना नेपालीमा कोरोना पुष्टि भएको हो । वैशाख ३० गतेसम्म त्यहॉ ६ सय ७४ जना नेपाली संक्रमित थिए ।

साउदी अधिकारीहरुलाई उदृत गर्दै नेपाली दूतावासलले रियादमा २९९ जना, पूर्व क्षेत्रमा ६ सय ९५, कसिम क्षेत्रमा १९ जना, जेद्धामा १ सय ७६, मक्कामा ६५ जना ,मदिनामा ७२ जना, जाजान क्षेत्रमा ३३ जना , ताबुकमा २ जना र अन्य क्षेत्रमा ३ जना नेपाली संक्रमित छन् ।

साउदीमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ६५ हजार ७७ पुगेको छ ।