देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार ६ सय नाघ्यो

देशान्तर

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख ९० हजार नाघेको छ । संक्रमणबाट ३ लाख ३४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ हजार २ सय नाघेको छ । अमेरिकामा १६ लाख २० हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । रुसमा संक्रमितको संख्या तीन लाख १७ हजार ५ सय नाघेको छ भने तीन हजार ९९ जनाले ज्यान गुमाइसकेका छन् ।

ब्राजिलमा पनि संक्रमण तीव्र रुपमा फैलिएको छ । त्यहाँ संक्रमितको संख्या ३ लाख १० हजार नाघेको छ भने २० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यता भारतमा एशियामै सर्वाधिक संख्यामा कोरोना संक्रमित भेटिएका छन् । त्यहाँ संक्रमितको संख्या एक लाख १८ हजार नाघेको छ भने ३ हजार ५ सय ८४ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा पनि संक्रमितको संख्या ४८ हजार नाघेको छ । त्यहाँ १ हजार १७ जनाले ज्यान गुमाएका छन् ।

बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ३६ हजार, इटलीमा ३२ हजार ४ सय, स्पेनमा २७ हजार ९ सय र फ्रान्समा २८ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर २० लाख ७८ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।