अमेरिकाकाे लकडाउन आशिंक खुकुलाे

  • 15
    Shares

अमेरिकाका सबै राज्यमा लकडाउन आंशिक रुपमा खुकुलो पारिएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वटै राज्यले आंशिक रुपमा खुकुलो पारेका हुन ।

संक्रमणको अवस्था तथा कानून अनुसार लकडाउनमा छुट राज्य अनुसार फरक रहने छ । लकडाउन केही खुकुलो भएसँगै सीमित व्यवसायहरु सञ्चालनमा आउने बताइएको छ ।

लकडाउन खुकुलो पार्न तथा त्यसपछिका लागि सेन्टर फर डिजिज कन्ट्रोलले ६० पृष्ठ लामो निर्देशिका जारी गरेको छ । जसमा विद्यालयहरुमा डेस्क बेन्च ६ फिटको दूरीमा राखिनुपर्ने ब्यवस्था छ ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क, न्यू जर्सी, वासिङ्गटन राज्यमा हाल संक्रमण तथा मृत्युदर अति कम भएको छ । एरिजोना र नर्थ क्यारोलाइनासहितका राज्यमा अझै पनि संक्रमण बढ्दो क्रममै देखिएको छ । कोरोनावाट विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा मृतकको संख्या ९३ हजार भन्दा माथि पुगेको छ । संक्रमित झण्डै १६ लाख पुगेका छन ।


  • 15
    Shares

Facebook Comments