देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाबाट बच्न भन्दै अप्रमाणित औषधि सेवन गर्दै ट्रम्प

देशान्तर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै वैज्ञानिकबाट प्रमाणित नभएको औषधि सेवन गर्न थालेका छन् ।
ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका हुन् । वैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइएको हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालेको ट्रम्पले बताएका हुन् ।

उनले भने, ‘मैले झण्डै डेढ हप्तादेखि हाइड्रोक्सिक्लोरोक्वीन औषधि खाइरहेको छु । र पनि म यहाँ उपस्थित भएको छ ।’ हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरससँग लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने कुनै प्रमाण अहिलेसम्म छैन ।

औषधि ह्वाइट हाउसका फिजिसियनले सुझाएर नभई आफैले मगाएर खाएको जानकारी दिँदै उनले ह्वाइट हाउसका केही कर्मचारी र आफैनजिकका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए पनि आफूमा नरहेको दाबी गरे ।
ाफूले दैनिक रुपमा जिंक लिइरहेको र इन्फेक्सनबाट जोगाउने एन्टिबायोटिक एजिथ्रोमाइसिनको एक डोज पनि लिइरहेको ट्रम्पले सञ्चारमाध्यमलाई जानकारी दिए ।

उनले यो औषधिको प्रभाव राम्रै पर्ने देखिएको र राम्रो काम गरोस् भन्दै कामै गरेन भने पनि हाइड्रोक्सिक्लोरोक्वीन खाँदैमा बिरामी पर्ने वा मर्ने हुँदैन भने ।

अमेरिकाकै फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले गत महिना हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसको संक्रमण रोक्न वा निको बनाउन प्रभावकारी नदेखिएको र सुरक्षित पनि नरहेको बताएको थियो ।