देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख १६ हजार नाघ्याे

देशान्तर

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख १ हजार नाघेको छ । संक्रमणबाट ३ लाख १६ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार ९ सय नाघेको छ । अमेरिकामा १५ लाख २७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । रुसमा संक्रमितको संख्या दुई लाख ८१ हजार नाघेको छ भने दुई हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमण रुसमा देखिएको छ ।

संक्रमणबाट बेलायतमा ३४ हजार ६ सय, इटलीमा ३१ हजार ९ सय, स्पेनमा २७ हजार ६ सय र फ्रान्समा २८ हजार १ सयभन्दा बढीको ज्यान गइसकेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या ९५ हजार ७ सय नाघेको छ भने ३ हजार २५ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या ४० हजार १ सय ५१ पुगेको छ । त्यहाँ ८ सय ७३ जनाले ज्यान गुमाएका छन् । विश्वभर १८ लाख ५५ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।