नेपाल भारत सम्वन्ध र सिमाना विवाद

रोशन श्रेष्ठ

  • 99
  •  
  •  
  •  
    99
    Shares

नेपाल भारतको सम्बन्ध रोटी वेटीको सम्बन्ध भनेर सदीयौं देखि भनिदै र देखिदै आएको हो । मेरो होस खुलेदेखि यानेकी केही सम्झन सक्ने भएपछि मेरो दीमागमा भारत हाम्रो असल छिमेकी देश हो जस्ले नेपालमा आई परेको जस्तोसुकै समस्यामा पनि साथ दिई रहन्छ भन्ने छाप थियो । रेडियो नेपालमा प्रसारण भएको समाचारहरू वारम्वार याद आईरहन्छ , कि वाडी , पहिरो , हावा हुरि जस्ता दैवि प्रकोपको वेला भारत सरकारले सहयोग रकम र खाध्य सामाग्रिहरू पठाएका खवरहरू सुनिरहन्थ्यौं आफ्नो वचपनका समयमा । ठाऊॅं ठाऊॅंमा स्कुल , अस्पताल भवनहरू , वाटो , पुल पुलेसा , सिंचाईको लागी नहरहरू निर्माण देखि छात्रवृत्तिहरू साथै एम्वुलेन्सप्रदान गरीएका समाचार हरूले भारत प्रति ज्यादै ठुलो सम्मान थियो मेरो दिलमा । कति असल छिमेकी लाग्थ्यो , साच्चै नै दुख : सुख:का परम मित्रहरूले आपसमा निर्वाहा गर्ने भुमिका ईमान्दारपुर्वक गरेको भनेर ठूलो ईज्जत गरिन्थ्यो ।

विंक्रम सम्वत २०४५ सालमा भारतले गरेको नाकावन्धीले अनायास रूपमा व्यूझाई दियो ।भूपरिवेस्टित राष्ट्र नेपालको अन्तराष्ट्रिय नाका पनि वन्द गरिदिदा १० रूपैया प्रति लिटर पर्ने पेट्रोललाई ९० रूपैया सम्म तिरेर कलेजको विद्यार्थी जिवनको समयमा आफ्नो मोटरवाईक कुदाएको कुरा विर्सनै सकेका छैनौं । तत्कालिन प्रधानमन्त्री मरीचमान सिंहले प्लेन चार्टर गरेर भए पनि वंगलादेशवाट ईन्धन आयात गरी हाम्रो समस्या समाधानको प्रयास गर्नु भएको र भारतसंग नझुक्ने गौरवपुर्ण निति लिनु भएको थियो । तत्कालिन महाराजाधिराज विरेन्द्रसंग भारतिय प्रधानमन्त्री राजिव गान्धीको व्यक्तिगत ईगोको कारणले नाकावन्धी गरेका भन्ने समाचारहरू आएका थिय । राजाको शक्ति कमजोर पार्न नेपाली जनताको मन जित्न भारतले धेरै तिकडम गरेको र २०४६ सालको जनआन्दोलन सफल गर्न भारतिय नेताहरू गणेशमान सिंहको चाक्सिवारी स्थित घरवाट भाषण गरी श्री ५ विरेन्द्रलाई दवाव सिर्जना गरेका थिए। जनआन्दोलन सफल भई प्रजातन्न्रका पिता स्वर्गिय गणेशमान सिंहले आफुलाई अफरगरिएको प्रधानमंन्रीपद कृष्ण प्रसाद भट्टराईलाई सुम्पिए पछि वहाॅंको भारत भ्रमणको समयमा विविसी ले सोधेको प्रश्नको जवाफमा आफु भारतमुखि नै हो भन्नु भएको अन्तरवार्ता सुन्दा अचम्म लागेको थियो । भारतको सहयोग विना कोही पनि नेपालको राज्यसत्ता आरोहण गर्न नसक्ने यथार्थ रहेछ ।

२०५२ को माओवादी जनयुद्धमा भारतले खेलेको भुमिका र त्यो जनयुध्द अन्त्यको लागी नेपालका राजनितिक दलहरू सॅंग १२ वुॅंदे सम्झौता भारतमै गरी २०६२/६३ को दोश्रो जनआन्दोलनको साथै नेपालमा राजतन्त्रै समाप्त पारी गणतन्त्र स्थापना भएको पनि आज १३ वर्षै व्यतित भैसकेको छ ।सॅंविधानसभाले पारीत गरेको नेपालको सॅविधान २०७२ जारी गर्दाको वखतको भारतीय हस्तक्षेप एवॅं महाभूकम्पले थिलथिलो पारेको समयमा गरेको आर्थिक नाकावन्धी हामिले विर्सेका छैनौं ।

तर आजसम्म का राज्यसत्ता संचालक हरूले भन्दै आएका नेपाली जनताको गरिवी र वेरोजगारी समस्याको अन्त्य र नेपालको समृध्दी कहिले पनि नजिक देख्न पाईएन । हाम्रा नेता र शासकहरू कहिल्यै पनि देश र जनताप्रति समर्पित हुनै सकेनन् । व्यक्तिगत र पार्टीगत स्वार्थबाट माथी उठ्नै नसक्ने कमजोरीको भरपुर उपयोग गरी भारतले आफ्नै हितमा हाम्रा शासक र नेतागणलाई गोटी मात्रै वनाएको कुरा छर्लंगै भैसकेको छ । सत्ता आरोहण गरे लगतै भारत को भ्रमण गर्ने र उस्को खातिरदारीको लागी प्रस्तुत हुने पहिलो एजेण्डा नै हुन गएको छ आज सम्मको सवै सरकार प्रमुखहरूको । वान टु वान वार्ता गर्छन तर कसैले पनि राष्ट्रिय एजेण्डा प्रष्ट सॅंग प्रस्तुत गरी नतिजा देखाउन सकेका छैनन् । हाम्रा नेताका नाडी छामीसकेका छन उनिहरूले । खाली आफ्ना छोरा छोरीका लागी छात्रवृत्ति र निशुल्क स्वास्थ्य उपचारको झिनो स्वार्थलिप्सामै आफ्नो कार्यकाल व्यतित गरेका छन् ।

हाम्रो स्वाधिनता , सार्वभौमिकता र राष्ट्रवाद खाली नारामै मात्र सिमित छ । सोझा साझा जनतालाई मिठो भाषणमै रणभुल्ल पारेका छन्। देशको परराष्ट्रनिति खै ? अन्तराष्ट्रिय सॅंवन्धको विकाश खै ? हाम्रो कुटनितिक दक्षता खोई ?? देश चलाउने ईन्टेलिजेन्सी खोई कहाॅं छन् ?? हाम्रो ३७२ वर्गकिलोमिटर भुमि अतिक्रमण गरी ८० किलोमीटर लामो मोटरवाटो उदघाटन गरीसक्दा पनि थाहै नपाउने तर्क संग कसरी सहमत हुन सकिन्छ ?? आफ्नो सिमानाको रक्षा समेत गर्न नसक्ने सरकारलाई के सॅंज्ञाले सम्वोधन गरौं ??

महाकाली नदिको मुल प्रवाह नै हाम्रो अन्तराष्ट्रिय सीमा हो र १८१६ को सुगौलि सन्धिमा उल्लेख गरिएको सीमा नक्सा अनुसार कालापानी, लिपुलेक, लिम्पीयाधुरा हाम्रै हो भनि गभर्नमेन्ट अफ ईन्डिया सॅंग आखा मा आखा जुधाएर आफ्नो पक्ष मजवुतसॅंग राख्ने हिम्मत गर्नु पऱ्यो प्रधानमन्त्री ज्यू !!! हाम्रो सीमा मीचिएको हो की वेचिएकै हो ? भन्नेकुरा को छिनोफानो गर्ने यहि नै सही समय हो । कोरोना को कहरले आक्रान्त हामी सर्वसाधारण नेपाली आज ५२ औं दिनको लकडाउनमा घर भित्रै वसी हाम्रो नेपाल सरकारलाई साथ दिन तैयार छौं । नेपाल भारतको खुला सीमा व्यवस्थापन गर्न सौहार्दपुर्ण वार्ताको लागी हाम्रा कूशल कुटनितिज्ञहरूलाई आजै देखि निर्देश गर्नुहोस । हाम्रो देशको आर्थिक विकासको वाधक यही खुला सिमाना र भारत सरकार को हेपाहा निति नै हो भन्ने कुरा प्रष्ट भैसके पछि यस्मा ढिलाई किन ? नेपाल राष्ट्रको एकिकरण गर्ने राष्ट्रनायक पृथ्विनारायण शाहलाई विसे नगर्चिले हतियार किन्न एक पैसा चन्दा दिएको ईतिहाॅंसवाट पाठ सिकौं । हामी ३ करोड नेपाली जनता साथ छौं । आफ्नो गच्छे अनुसार प्राण भन्दा प्यारो नेपाल आमाको रक्षाको लागी खुसिसाथ चन्दा दिई राष्ट्रिय शक्ति सॅंचयमा एक्यवध्दता प्रस्तुत गर्न तत्पर छन् । देश सानो ठुलोको कुरा होईन , स्वाभिमान र स्वतन्त्रता नै हाम्रो विशिष्ट पहीचान हो । ईजरायल सानो भुगोल भए पनि आफ्नो उपस्थिती कसरी प्रस्तुत भएका छन उस्को छिमेकि राष्ट्र संग । विश्वकै ईतिहाॅंसमा कहिल्यै पनि कसैको अधिन र उपनिवेसमा नरहेको हाम्रो गौरवशालि देश नेपाल आज यो निर्णायक घडिमा आईपुगेको छ की हाम्रो मित्रराष्ट्रहरू संगको सुमधुर र रोटी वेटीको सम्वन्धलाई वास्तविक रूपमा सॅंसार सामु प्रष्ट पार्न सकौं।

लालपुर्जा हाम्रो बाकसमा अनि त्यहि जमिनमा मोटरवाटो निर्माण गर्ने कस्तो हेपाहा गतिविधि हो ? उता गुगल म्यापमा पनि हाम्रो गौरव सगरमाथालाई चिनको सिमाना भिेत्र देखाउन थालेको छ । हाम्रो भुमिमा चिन र भारतले मोटरवाटो निर्माणको सम्झौता गर्ने , प्रोजेक्ट तैयार गर्ने जमिनको उत्तराधिकारिलाई जानकारी समेत नहुने अपत्यारिलो घटनालाई कसरी लिने ? तुरून्तै त्रिपक्षिय वार्ताको लागी नेपाल, भारत र चिन एक ठाउमा वस्नु पऱ्यो । आवस्यक परे सॅयुक्त राष्ट्रसॅंघको मध्यस्तताको लागी अनुरोध पनि गर्नु पऱ्यो । त्रिपक्षिय सहमति भए निर्माण सम्पन्न भैसकेको महत्वपुर्ण सडक जो हिन्दु धर्मावलम्विको पवित्र धार्मिक स्थल कैलाश मानसरोवरको यात्रामा निस्कने प्रत्येक सवारी साधन र यात्रुसंग टलट्याक्स ( Toll Tax ) नेपालले असुल गर्ने गरी सॅंझौता हुन सक्ने विषय पनि विध्यमान रहेको यो लेखकको मत पनि जाहेर गर्न उचित सम्झेकोछु ।

विश्वकै सुन्दर र प्रकृतिले सजिएकी, सन्सारकै उच्च सगरमाथा र विश्व शान्तिका प्रणेता भगवान गौतम वुध्दको देश नेपाल , यहाको ३ करोड नेपाली जनता किन यस्तो गरिवी र अस्तव्यस्ततामा जिवन विताउन वाध्य छन ?? ८३ हज्जार मेगावाट विजुली निकाल्न सक्ने क्षमता रहेको हाम्रो जलश्रोत, भुकम्पले क्षतविक्षत भएको आफ्नो घर हेर्न र सान्त्वना दिन आएका पाहुना हरूलाई मुसुक्क मुस्काउदै एक कप चिया पियर मात्र जान अनुरोध गर्ने नेपाली सॅंसकृतिका धनी , विश्वव्यापी कोरोना भाईरसको सॅंक्रमणलाई परास्त गर्नदृढ सॅंकल्पीत हामी वीर नेपालीहरू हाम्रो सिमानाहरू व्यवस्थित गर्न सक्षम भयौं भने विश्वकै धनि देशमा परीणत हुने छौं भन्ने पुर्ण विश्वास पनि व्यक्त गर्दछु । स्वदेश तथा विदेशमा रहेका ३ करोड नेपाली दीदीवहीनी दाजुभाई हरूमा म भोजपुर जिल्ला निवासी रोशन श्रेष्ठ राष्ट्रिय शक्तिसॅंचयकोषमा रू १०००.०० एक हजार अर्पण गर्दै राष्ट्रिय शक्ति सॅंचयको लागी आफ्नो गच्छे अनुसार केही रकम अर्पण गरी एक्यवध्ता जाहेर गर्न पनि आवहान गर्दछु ।

(लेखक रोशन श्रेष्ठ , हाम्रो नेपाल सुशासन अभियानको सामाजिक अभियन्ता हुनुहुन्छ )

 


  • 99
  •  
  •  
  •  
    99
    Shares

Facebook Comments