देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

देशान्तर

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

संक्रमित २४ जना मध्ये रुपन्देहीमा २२ वर्षिय दुई जना, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षिय पुरुष रहेका छन् भने, ४, १० र २८ वर्षिय महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

आज भेटिएका २४ मा कपिलवस्तुका ८ पुरुषहरु २२, २९, ३२, ४० वर्षका तीन जना र ४२ वर्षका २ जना रहेका छन् ।

यसैगरी पर्सा निवासी दुई पुरुष ३६ वर्षिय र ७४ वर्षिय रहेकाछन् भने, ३६ वर्षिय महिला पनि रहेकी छिन् । यता नवलपरासीका पुरुष भने ३६ वर्षका रहेका छन् । उनीहरु अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ ।