नयाँ दिल्ली । कोरोना भाइरसको महामारीले उत्पन्न गरेको आर्थिक संकटसँग जुध्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड भारतीय रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका छन्।
यो रकम भारतको कुल गार्हस्थ उत्पादनको १० प्रतिशतबराबर हो। भारतको कुल गार्हस्थ उत्पादन २।९ ट्रिलियन डलरबराबर छ। मोदीले भारतमा लकडाउन अझै लम्ब्याइने तर त्यो बिल्कुल फरक स्वरुपको हुने बताए।
उनले भारत २१ औँ शताब्दीको शक्ति बन्ने हो भने आत्मनिर्भर बन्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। एजेन्सी
प्रतिक्रिया