देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘फुल अफ लाइफ’ भनेको के हो ?

देशान्तर

The saddest summary of life contains three descriptions: Would have, could have, and might have.

  • Louis E. Boone

जिन्दगी एउटा ईश्वरप्रदत्त आशीर्वाद अथवा वरदान हो । एकपटक आउँछ, पूर्णरूपले बाँच्नुपर्छ । आफ्ना लागि र अन्यहरूका लागि पनि । हामीले पुरातनवादी सोच र मानसिकताबाट निस्किएर जीवनको महिमा र गरिमालाई हृदयगंम गरी जीवनको तत्वबोधलाई अनुवाद गर्नुपर्छ वास्तविक जीवनमा, भ्रममा बाँचेर हैन ।

तपाईंको जीवनमाथि तपाईंकै नियन्त्रण हुनु पर्दछ, अरूको हैन । हामी सबै सहअस्तित्व र सहभावमा बाँच्नुपर्छ । कसैको दवाब, प्रभाव अथवा नियन्त्रणमा हैन । पारिवारिक, सामाजिक, संस्कारगत मूल्य र मान्यतालार्ई अंगीकार गर्दै हिँड्नुपर्छ तर दासत्व स्वीकार्ने हैन कसैको । न त पुरुषले महिलाको अथवा महिलाले पुरुषको ।

जिन्दगी बाँचेर, साँच्चिकै (प्रकृतार्थमा) बाँचेर हेर्दा मात्रै बाँचेको अनुभव हुन्छ । अत्यन्त कम मानिसहरूले मात्रै यो मौका पाएका हुन्छन अथवा जीवनयात्रा राम्रोसँग गरेका हुन्छन् । जीवनसूत्र थाहा नपाई त तपाईं एउटा कृत्रिम र ऐँठनयुक्त जीवन बाँचिरहनु हुन्छ, बिल्कुल स्वादविहीन र परनिर्भरतायुक्त जीवन । कसैका लागि आएको, बाँचेको र विखरित जीवन ।

स्वतन्त्र भएर बाँच्नुहोस् सदा–सर्वदा, निर्भय, निडर र सकारात्मक भएर । खुसीको खेती गरेर, बाँडेर र अतिरिक्त खुसीलाई भण्डारण गरेर । यो खुसी आफूबाटै निःसृत हुन्छ, कसैबाट प्राप्त हुँदैन तर अभ्यास गर्नुपर्छ खुद र निरन्तर आइरहन्छ बिहान बेलुका, दिनैभर, आजीवन ।

Cherish your yesterdays, dream your tomorrows in real sense of the term and be positive loving your today.

– DDD

– दया, माया, करुणा, सहानुभूति, सदभावना, शान्ति र सहनशीलता, धैर्य आदि–इत्यादि मानवीय गुणहरुलाई प्रवद्र्धन गर्ने आफूभित्र आफैंले ।

– काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदि मानवीय कमजोरी हुन्छन् । सबैमा हुन्छन् तर नियन्त्रण गर्नुपर्छ सकेसम्म, जोगी हुन नसके पनि ।

Full of life भनेको तपाईंको इच्छानुसार कसैलाई दुःख–कष्ट नदिई स्वतन्त्रतापूर्वक, निडरतापूर्वक माटोलाई चुमेर बाँच्नु हो, हाँसेर बाँच्नु हो जहाँ तपाईंमाथि कसैको अनावश्यक नियन्त्रण नहोस् ।

Don’t be afraid your life will end; be afraid that it will never begin

– Grace Hansen

(क्यालिफोर्निया निवासी प्रा.डा.दाहाल राजनैतिक विश्लेषक, मनोविश्लेषक, दर्शनशास्त्री हुन्)

(वैशाख २८ गतेको देशान्तर साप्ताहिकमा प्रकाशित)