देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाले ३० खर्ब डलर ऋण लिने

देशान्तर

अमेरिकाले यो आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब डलर बराबरको बजेट ऋणमा लिने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका क्षेत्रका लागि तयार पारिएको राहत प्याकेजमा बजेट खर्च भएकाले सरकारले ३० खर्ब बजेट उधारोमा लिने भएको हो । सरकारले पहिले आँकलन गरेको भन्दा कोरोना भाइरस संक्रमणको प्रभाव बढी भएकाले दोस्रो त्रैमासिकमा ऋण लिनुपरेको हो ।

यो रकम यसअघि कुनैपनि त्रैमासिकमा लिइएको ऋणको पाँच गुणा बढी हो । दोस्रो त्रैमासिकमा ३० खर्ब उधारो बजेट लिएने भएसँगै अमेरिका सरकारको ऋण २५ ट्रिलियन डलर पुगेको छ । कोरोना संक्रमणपछि अमेरिकी सरकारको ऋण सन् २००८ को आर्थिक मन्दीका बेलाको अवस्थामा पुगेको छ ।

सरकारले महामारी प्रभावित ब्यक्ति, ब्यवसाय र स्वास्थ्य सेवामा सहयोग गर्न ३० खर्बको राहात प्याकेज पारित गरेको छ । यो राहत प्याकेज अमेरिकाको कुल बजेटको झण्डै १४ प्रतिशत हो । कोरोना भाइरसवाट अमेरिका सबैभन्दा बढी प्रभावित मुलुक हो । अमेरिकामा हालसम्म १२ लाख १३ हजार कोरोना संक्रमित भएका छन । ६९ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।