काठमाडौं, २२ वैशाख । नेपाल पेय पदार्थ संघले मदिरा विक्रि कक्ष खुला गरिदिन सरकारसँग माग गरेको छ । कोरोना भाइरसको महामारीका कारण मुलुक लकडाउनमा रहेकाले अर्थतन्त्रमा परिरहेको प्रभावलाई समेत मध्यनजर गरि तोकिएको सुरक्षाको मापदण्ड अनसार सामाजिकदरीकायम गरि स्वास्थ्यएवं सुरक्षाका यथेष्ठ उपायहरु अबलम्बन गरि निश्चित समय तोकि मदिराकाबिक्रि कक्षहरु खोल्न दिनका लागि नेपाल सरकारसंग अनुरोध गरेको हो ।
निरन्तरको बन्दाबन्दिले देशको अर्थतन्त्रमा गम्भीर किसिमको नकारात्मक असर परेको भन्दै खुद्रा पसल संचालन गरि जिविको पार्जन गर्नु पर्नें व्यवसायिहरुको जिवनयापन पनि कष्टकर बन्दै गएकाले संघले उद्योग, वाणिज्य तथाआपुर्ति मन्त्रालयमा माग पत्र नै पेश गरेको छ ।
देशको कुल राजश्वमा करिब १७ प्रतिशत अर्थात एक खर्ब जतिको योगदान गर्ने तथा करिब दुई लाखभन्दा बढीलाई प्रत्यक्ष्य रोजगारी तथाअप्रत्यक्ष समेत गरि लगभग आठ लाखजतिलाई प्रदान गरिरहेको यो क्षेत्र बन्दभईरहदा यस क्षेत्रको खर्बौको लगानीएवं लाखौको रोजगारी डुब्ने खतरा रहेको तर्फ पेय पदार्थ संघले उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
मदिराजन्य उद्योगहरुको कुल कारोबारको लगभग पचास प्रतिशत कारोबार सरकारले बजेट घोषणा गर्नु भन्दा लगभग तीन महिना अघि अर्थात चैत्र, बैशाख र जेष्ठ महिनामा हुने गरेको तर वर्तमान बन्दा बन्दीका कारणले यस क्षेत्रका उद्योग उच्च जोखिममा परेको पनि जनाइएको छ ।
संघले बर्तमान जोखिमलाई विचार गर्दै सामाजिक दूरी कायम गरि स्वास्थ्यएवं सुरक्षाका यथेष्ठ उपायहरु अबलम्बन गरि निश्चित समय तोकि मदिराका बिक्रि कक्षहरु खोल्न दिएमा सरकारको राजश्व, व्यवसायिको लगानी र रोजगारीलाई समेत केहि मात्रामा भए पनि टेवा पुग्ने विश्वास लिएको छ ।
प्रतिक्रिया