रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण पुष्टि भएको छ । भाइरसकाे सङ्क्रमण देखिएपछि अहिले उनलाई अस्पाल भर्ना गरिएको छ ।
आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको हो ।
रुसमा कोरोना सङ्क्रमितकाे सङ्ख्या एक लाख पुगेको छ भने एक हजारभन्दा धेरैको मृत्यु भइसकेकाे छ ।
गएको जनवरी महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेका मिशुस्तिन कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि सक्रिय भएर लागेका थिए ।
प्रतिक्रिया